एमाले–माओवादीबीच पार्टी एकता नहुने

0
Shares

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच बैसाख ९ गते पार्टी एकता नहुने भएको छ।

कार्यदलले बुझाएको प्रतिवेदनमाथि आज बालुवाटारमा बसेको बैठकले ठोस निष्कर्ष निकाल्न नसकेपछि एकता प्रक्रिया थप लम्बिएको हो। प्रतिवेदनको थप अध्ययनका लागि दुवै पार्टी अध्यक्षलाई जिम्मा दिने बैठकले निर्णय गरेको छ।

संयोजन समितका सदस्य माओवादी नेता नारायणकाजी श्रेष्ठले बैसाख ९ गते एकता हुन असम्भव भएको बताए।

जनयुद्ध र एकता अनुपात लगायतमा कुरा मिल्न नसकेका कारण लामो समयदेखि एकता प्रक्रिया अवरुद्ध बनेको छ। हिजो दुई पार्टीका अध्यक्षबीच बालुवाटारमा वान टु वान छलफल भएको थियो।