के–के छन् गृहमन्त्रीका ५० काम ?

0
Shares

काठमाडौं, (नेस)
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कार्यभार सम्हालेको ५० दिनको अवसरमा आफूले गरेका ५० काम सार्वजनिक गर्नुभएको छ।
गृहमन्त्री बादलले आफूले गृह प्रशासन, प्रहरी, अध्यागमन, कारागार, सुशासनलगायत क्षेत्रमा गरेका ५० दिनका ५० काम सार्वजनिक गर्नुभएको हो।

उहाँले गत चैत १९ गते ‘राष्ट्रिय एकता र जनसेवाका लागि गृहप्रशासन, विकास र समृृद्धिको लागि शान्ति सुरक्षा र सुशासन’ भन्ने मुख्य नारा रहेको ८२ बुँदे ‘गृहप्रशासन सुधार कार्ययोजना २०७४’ सार्वजनिक गर्नुभयो।

कार्ययोजनामा गृहमन्त्रालय र सोअन्तर्गतका निकायको समयसीमा तोकेर गर्ने सुधारका कामको खाका प्रस्तुत गरिएको छ। यस्तै यातायातका क्षेत्रमा रहेको सिन्डिकेट तोड्नका लागि यातायात व्यवसायी समितिले संस्था दर्ता ऐन, २०३४ अनुसार जिल्ला प्रशासन कार्यालयबाट हाल गैरसरकारी संस्थाका रूपमा गर्दै आएको दर्ता तथा नवीकरण कार्य रोक्नेसम्बन्धी गृहमन्त्रीस्तरीय निर्णय भएको र सोसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लगिएको बताउनुभयो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तस्करी गरेर नेपाल ल्याइएको भनिएको साढे ३३ किलो सुनकाण्डमा एक जनाको अपहरणपछि हत्या भएको घटनामा गृहमन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित छानविन समितिले छानबिन गरिरहेको र सुन तस्करीमा संलग्नको पहिचान भएको बताउनुभयो।

जिल्लामा शान्ति सुरक्षा, सुशासन कायम गर्न र सेवा प्रवाहलाई प्रभावकारी बनाउन सिडियोलाई गृह मन्त्रालयले ३७ बुँदे निर्देशन दिएको र सोहीअनुरूप कार्य भइरहेको गृहमन्त्रीको प्रगति विवरणमा उल्लेख छ।उहाँले गृहमन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले २२ दिन सार्वजनिक विदा कटौती गरेको बताउनुभयो।

सरकारी नम्बर रहेका सेतो प्लेटका सवारीसाधनलाई नियमविपरीत रातो नम्बर बनाई प्रयोग गर्नुका साथै दुरुपयोग भइरहेको गुनासोपछि गृहमन्त्रालयले त्यस्ता सबै सवारीसाधनलाई सेतो नम्बर प्लेट बनाउन दिएको निर्देशन कार्यान्वयनमा आइसकेको जानकारी दिनुभयो।गृहमन्त्रालय र सोअन्तर्गतका निकायको गुनासो सुनुवाइको लागि मन्त्रालयमा उपसचिव प्रमुख रहने गरी गुनासो व्यवस्थापन शाखा गठन गरिएको प्रगति विवरणमा उल्लेख छ।

वैदेशिक रोजगारीसम्बन्धी ठगी नियन्त्रण र विदेश जाने कामदारको स्वास्थ्य परीक्षणमा भइरहेको सिन्डिकेट अन्त्यका सम्बन्धमा गृहमन्त्रालयमा गृहमन्त्री थापा र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टबीच बैठक बसी सोहीअनुसार कारबाही प्रक्रिया अघि बढाएको जनाइएको छ।

गुण्डागर्दी नियन्त्रण र तस्करी रोक्न सुरक्षा निकायको ‘स्पेसल टास्क फोर्स’ बनाउनेसम्बन्धी गृहमन्त्रीको निर्देशनअनुरूप फोर्स निर्माण प्रक्रिया शुरू भएको प्रगति विवरणमा समेटिएको छ।

कैदी–बन्दीले हाल पाउँदै आएको दैनिक ४५ रुपियाँ कम भएको ठहरसहित त्यसलाई वृद्धि गरी ७५ रुपियाँ पु¥याउने निर्णय गरी सोसम्बन्धी प्रस्ताव सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको प्रगति विवरणमा उल्लेख छ।