रमेशकेशरी वैद्य
छत्रपाटी, काठमाडौं
देशमा आर्मी, प्रहरी, ट्राफिकका कुरा गर्दा यिनीहरू पनि राष्ट्रका एक हिसाबले अभिभावकजस्तै हुन्। कारण समय–समयमा सर्वसाधारणलाई मर्का पर्दा यिनीहरू त्यस्ता व्यक्ति हुन् जसले आफ्नो ज्यान दाउमा लगाएर पनि हामीलाई सहयोग गरिराखेका हुन्छन्। तर यस्ता कुराहरू जनमानसले आफ्नो दिमागमा लिइराखेका हुँदैनन्। हाम्रो जस्तो मुलुकमा ट्राफिक प्रहरीका कुरा गर्दा यिनीहरूको धेरै योगदान छ, जुन भनिराख्नुपर्ने कुरा होइन। तैपनि यिनीहरूले आफ्नो दायित्वलाई चाहेर पनि राम्ररी निभाउन सकिराखेका हुँदैनन्। सुस्त राजनीति, शिक्षाको कमी, मानिसको असहयोग आदि कारणले गर्दा यिनीहरू पनि विवश हुन्छन्। ट्राफिक प्रहरीहरू नियम कानुन बनाउँछन् तर हामी त्यसको उल्लंघन गरिराखेका हुन्छौं। जस्तै– अहिलेको एक्काइसौं शताब्दीमा पनि फोहोर गर्छौं, रिस उठ्यो भने छाडा गाली गर्छौं, जथाभावी बाटो काट्छौं, ट्राफिक नियम उल्लंघन गरेर सवारीहरूमा प्रेसर हर्न, ठूलो आवाज तथा ओभर टेक गरेर सवारी कुदाइराखेका हुन्छौं। समय–समयमा ट्राफिक प्रहरीसँग आफ्नो गल्ती हुँदा पनि विवाद गरेर झगडा गरिराखेका हुन्छौं। तर यसको मतलब यो पनि होइन कि हरट्राफिक प्रहरीहरू राम्रा छन्, कतिपय ट्राफिक प्रहरीले अनायास नै सवारी चालकहरूलाई दुरुत्साहित गरिराखेका हुन्छन्, समस्या पर्दा लाटाले केरा हेरेझैँ गरिराखेका हुन्छन् भने कतिपय ट्राफिक प्रहरीहरू घूस खान पनि पछि परिराखेका हुँदैनन्। जे होस्, अहिलेको समयमा राम्रो काम गरेर राम्रो नागरिकको परिचय दिनुपर्छ।
हाम्रो मुलुकमा लोकतन्त्र आएको पनि करिब ३ दशक भइसक्यो, तापनि यहाँ सुधारको नाममा अझै पनि कमी–कमजोरीहरू छन्। त्यस कारण ट्राफिक प्रहरीको दायित्व हो– यो देशका शहरहरूलाई कडिकडाउ गरेर चुस्त बनाउनु हो। ट्राफिक प्रहरीहरूको काम सधैँ सवारीको लागि हात हल्लाइराख्ने मात्र होइन, नकि कर र जरिबाना मात्र लिएर जनतालाई त्रास दिने हो ? ट्राफिक प्रहरीले गर्नुपर्ने तथा सघाउ पु¥याउनुपर्ने कार्यहरू धेरै छन्।
सर्वप्रथम बाटोमा जति पनि चौपायाहरू छन्, तिनको व्यवस्थापन गर्नुपर्छ। यसका लागि सरकार तथा सम्बन्धित निकायहरूले प्रहरी ट्राफिकहरूलाई सहयोग गर्नुपर्दछ। यसो गर्नाले फोहोर न्यूनीकरण हुनुका साथै सडक दुर्घटना कम हुन जान्छ। तर दुःख लाग्दो कुरा यो छ– यस मुलुकमा एक–अर्कालाई सहयोग गर्ने राम्रो संस्कार नै छैन। त्यसकारण यो मामलामा ट्राफिक प्रहरीले मात्र के गरोस् ? अब वर्तमान एकलौटी शासनमा यस्तो हुनुभएन। हुन त यसमा जनमानसको सहयोगको पनि उत्तिकै खाँचो छ। यति मात्र होइन, प्रतिपक्षहरूले पनि यसमा आवाज उठाउनुपर्दछ। सधैँ डाहाको भावना लिई आफ्नो कार्यकालमा केही गर्न सकेन भन्दै अनावश्यक चेतावनी दिएर बस्ने होइन।
अहिलेको परिप्रेक्ष्यमा सडक सफा राख्ने, स्कुल, क्याम्पस, हस्पिटल, कार्यालय तथा सार्वजनिक स्थानहरू प्रदूषणरहित बनाउने, बटुवालाई शुद्ध खानेपानीको व्यवस्था गर्ने, सार्वजनिक सवारीसाधनमा कोचाकोच यात्रु राख्न बन्देज गर्ने, अटेरी ट्याक्सी चालक याने कि मिटरमा नजाने, यात्रुको गन्तव्य स्थानमा जान नचाहनेहरूलाई पनि सही बाटोमा ल्याउने जस्ता कुरामा ट्राफिक प्रहरीहरूले सघाउ पु¥याउनुपर्दछ। तर यसमा सरकार तथा जनमानसको पनि सहयोग तथा योगदान हुने हो भने यो समस्या कुनै ठूलो समस्या होइन। टोसुधारको जिम्मा वडा कार्यालयले लिएको हुन्छ। सरकार तथा सम्बन्धित निकायले वडाबाहेक टोलका क्लबहरूलाई केही रकम छुट्याइदिने हो भने टोलको विकास झनै हुनेछ। साथै बाटोघाटोको मर्मत गर्न भुस्याहा कुकुरको निर्मूगर्न, पिउने पानीको व्यवस्था गर्न, अखबारजस्तो सञ्चारको व्यवस्था गर्न, असहायलाई सहयोग गर्न पनि मद्दत पुग्छ। तर यी सबै कुराका लागि प्रहरी प्रशासन एवम् जनमानसको ‘प्रेसर’को पनि उत्तिकै जरुरत छ।
अहिलेको अवस्थामा नेपालीहरू अनेक बहानामा रक्सी लुड्क्याइराखेका हुन्छन्। यही कारणले गर्दा सवारी हाँक्दा दुर्घटना भइराखेको हुन्छ। त्यसकारणले गर्दा ट्राफिक प्रहरीहरूले सवारी चलाउनेहरूको मा.प.से. याने कि मादकपदार्थ सेवन जाँच गरी कारबाही अगाडि बढाउने गरेको हो। जसलाई हामीले सराहनीय कार्य मान्नुपर्दछ। तर अहिले हाम्रो मुलुक प्रजातान्त्रिक, लोकतान्त्रिक, गणतान्त्रिक जे भने पनि भइसकेको अवस्था छ। आफ्नो इच्छाले खाने, पिउने अधिकार सबैलाई छ। त्यसकारण ट्राफिक प्रहरीले विदेशको प्रजातान्त्रिक मुलुकमा जस्तै यहाँ पनि लिमिटमा पिउन पाउनु अर्थात् अलिकति पिएर सवारी हाँक्न पाउने अधिकार दिएमा बेस हुनेछ। बाँकी जो मान्छे, जसरी मर्न लेखेको छ, त्यो मरिहाल्छ। अर्थात् जे हुनु छ, त्यो भएरै छोड्छ। यसमा कसैले केही गर्न सक्दैन। ट्राफिक प्रहरीहरूको कार्य प्रायः राम्रै हुन्छ तर कहिले डबहेलमेट, कहिले स्मार्ट कार्ड लाइसेन्स त कहिले इम्बोस्ड नम्बरजस्ता कुराहरूमा किन अल्झिराख्छन् यहाँका ट्राफिक प्रहरीहरू ? त्यो कुरा बुझ्न गाह्रो भएको छ।
बरु बदलामा कार्यालयहरू व्यवस्थित गर्ने, कर तिर्ने, लाइसेन्स रिन्यु गर्ने, लाइसेन्स नयाँ बनाउने जस्ता कुरालाई कसरी सजिलो गर्ने भन्नेतर्फ ट्राफिक प्रहरीले ध्यान पु¥याउनु जरुरी छ। अहिलेको घडीमा सर्वसाधारणको चाहना पनि यही नै हो। यी कुराबाहेक पनि ट्राफिक प्रहरीहरूले केही कुरामा ध्यान दिनु जरुरी छ। गो–स्टप सिग्नबत्तीहरूलाई व्यवस्थित गर्दै जाने, अटेरी सवारी चालकहरूलाई जरिबाना गर्नुबाहेक राम्रो शिक्षा दिने, ट्याक्सी चालकहरूलाई पोशाक तथा परिचयपत्र अनिवार्य गर्ने र टोल–टोलमा कडा प्रहरी तैनाथ गर्नेजस्ता कुराहरूमा ट्राफिक प्रहरीहरूले ध्यान दिनु जरुरी छ। समग्रमा एकफेर भन्नुपर्दा ट्राफिक प्रहरीले आफ्नो दायित्व निभाउने आफ्नो ठाउँमा छ, यसबाहेक भद्रगोमुलुक सप्रन सबै नेता, कर्मचारी, व्यवसायी तथा आमजनता स्वार्थी लालची, पुङमाङे नभई सबैको योगदान हुनु उत्तिकै जरुरी छ।
प्रतिक्रिया