सर्वोच्च अदालतः सुस्ताएको वेबसाईट दुर्त

0
Shares

प्रशान्त वली, काठमाडौं । सर्वोच्च अदालतले वेव साइडमा राखिने सुचनाहरु छिन छिनमा अद्यावधीक गर्न शुरु गरेको छ ।

बिगतमा लामो समयको अन्तरालमा वेबसाइडमा सुचना तथा समाचार अद्यावधीक हुँदै आएकोमा पछिल्लो समय सिघ्र रुपमा सुचनाहरु अद्यावधिक गरिएको देखिएको हो । अहीले सेवाग्राहीहरुलाइ सुचना प्राप्तीमा सहजिकरण भएको छ ।

यसैविच सर्वोच्च अदालतले न्याय सम्पादन तथा काम कारवाहीका बारेमा दैनीक पत्रकार सम्मेलन गर्ने तयारी थालेको छ । अदालतभित्र भएका गतिवीधीहरुको बारेमा जानकारी गराउने उद्धेश्यले पत्रकार सम्मेलन गरिने भएको हो ।

अदालतबाट भएका गतिविधिबारे जानकारी गराउने उद्देश्यले आइतबारदेखि बिहीबारसम्म साँझ ५ बजे देखि साढे ५ र शुक्रबार साढे ३ बजे देखि ४ बजेसम्म पत्रकार सम्मेलन गरिने सर्वोच्चका प्रवक्ता नारायणप्रसाद पन्थीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

सर्वोच्चबाट दैनिक हुने न्याय सम्पादन बारे सञ्चारमाध्यममा पहुँच पु¥याउनका लागि पत्रकार सम्मेलन गर्न लागिएको सर्वोच्चको विज्ञप्तीमा उल्लेख छ ।