काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड आइतबारदेखि फेरि दैनिक ६ घण्टा बन्द हुँदै छ । बिहान १० देखि दिउँसो ४ बजेसम्म गाडी चलाउन नमिल्ने मुग्लिन नारायणगढ सडक विस्तार आयोजनाले जनाएको छ ।
आयोजनाका प्रवक्तासमेत रहेका इन्जिनियर शिव खनालका अनुसार हिजो नयाँ वर्षको लागि भन्दै खुला गरिएको सडकमा आइतबारदेखि फेरि दैनिक ६ घण्टा गाडी चलाउन रोक लागेको छ । पछिल्लो पटक थपिएको म्यादअनुसार आउँदो जेठ १६ गतेसम्ममा यो सडक विस्तारको काम सक्नुपर्नेछ ।
तोकिएको समयमा विस्तार सम्पन्न गर्नेगरी काम भइरहेको आयोजनाले जनाएको छ ।











प्रतिक्रिया