काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीनका विदेशमन्त्री वाङ वीको निमन्त्रणामा अाज चिन जाने भएका छन ।
उनले वैशाख २ गतेदेखि ७ गतेसम्म छिमेकी मुलुक चीनको औपचारिक भ्रमण गर्न लागेका हुन ।
नयाँ सरकार गठनपछि नेपाल सरकारको सम्बन्धित मन्त्रीका हैसियतमा हुन लागेको यो भ्रमणले दुई देशबीच उच्चस्तस्तरीय भ्रमणको वातावरण बनाउनेछ ।
परराष्ट्र मन्त्रालयले हिजो जारी गरेको विज्ञप्तिमा वैशाख ४ गते मन्त्री ज्ञवालीले उनका समकक्षी वीसँग दुई पक्षीय वार्ता गर्नेछन ।
चीनको बेइजिङमा रहँदा मन्त्री ज्ञवालीले चिनियाँ नेताहरुसँग पनि भेटवार्ता गर्नेछन ।











प्रतिक्रिया