‘कांग्रेस र एमालेबाट समृद्धि हुन्छ भन्नु गोरु ब्याउँछ भन्नुजस्तै’

0
Shares

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कांग्रेस र एमालेबाट देशमा समृद्धिको ढोका खुल्छ भन्नु गोरु ब्याउँछ भन्नुजस्तै भएको बताएका छन् ।

पार्टी प्रशिक्षण तथा पारिवारिक भ्रमणका लागि भारतको बैंगलोर पुगेका भट्टराईले सामाजिक सञ्जालमार्फत यस्तो धारणा राखेका हुन् । ‘आज नेपालमा काँग्रेसले नांगो नवउदारवादी वा बजार पुँजीवादी बाटो र एमालेले कम्युनिज्मको नाउँमा क्रोनी क्यापिटालिज्म वा राज्य-पुँजीवादी बाटो समातिरहेको स्थितिमा उनीहरूबाट देशमा समृद्धिको ढोका खुल्छ भन्नु गोरू ब्याउँछ भन्नु जस्तै हो,’ भट्टराईले लेखेका छन्, ‘त्यसैले यो नयाँ बर्षमा गैर-एमाले र गैर-काँग्रेस तेस्रो राजनीतिक ध्रुव र समावेसी समृद्धिको नयाँ विकासको बाटो निर्माण गर्नुपर्ने हो कि ?’

उनले नयाँ विकल्पका लागि नयाँ विचारको आवश्यकता औंल्याउँदै दुई पुस्तक पढ्न सिफारिस गरेका छन् । समृद्धिको गन्तव्य देखाउने यन्त्र वा कम्पास भनेको दृष्टिकोण/विचार/भिजन नै हो भन्दै भट्टराईले समृद्धिको राजनीतिक अर्थशास्त्र, अवधारणा र दृष्टिकोणबारे स्पष्टता हासिल गरेर अगाडि बढ्नुपर्ने बताए ।

यस्तो छ भट्टराईको स्टाटस-