अमेरिका, बेलायत र फ्रान्सद्धारा सिरियामाथि संयुक्त हवाइ आक्रमण

0
Shares

एजेन्सी । अमेरिका, बेलायत र फ्रान्सले सिरियामाथि संयुक्त हवाइ आक्रमण गरेका छन् । सिरियाले रासायनिक हतियार प्रयोग गरेको भन्दै पश्चिमा शक्तिहरुले सो आक्रमण गरेका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रको नाममा गरेको सम्बोधनमा फ्रान्स र बेलायतको सेनासँग मिलेर संयुक्त आक्रमण चलिरहेको बताए । सिरियाको राजधानी दमास्कस नजिकै विस्फोटको आवाज आएको बताइएको छ ।

अमेरिकाका लागि रुसी राजदूतले पश्चिमाहरुको यो क्रियाको नराम्रो परिणाम आउने चेतावनी दिएका छन् । वर्षौँसम्म आतंककारीहरुसँग जुधेर सिरिया शान्तितर्फ उन्मुख हुँदै गरेको बेला पश्चिमा शक्तिहरुले आक्रमण गरेको भन्दै रुसी विदेश मन्त्रालयको आक्रमणको भर्त्सना गरेको छ ।

अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले यो आक्रमण सिरियालाई कठोर सन्देश दिने एक पटकको आक्रमण भएको बताएका छन् ।

सिरियाको सरकारी टिभीका अनुसार उसले १३ अमेरिकी क्षेप्यास्त्रलाई ध्वस्त पारेको छ । अमेरिकाले दमास्कसको वैज्ञानिक अनुसन्धान केन्द्रमा आक्रमण गरेको पनि सो टिभीले जनाएको छ ।