मुगु । राराबाट देशवासीका नाममा सम्बोधनपश्चात प्रधानमन्त्री केपी शर्मा ओली नेपाल–चीन सीमा नाका अवलोकन गर्न हुम्लाको हिल्सा प्रस्थान गरेका छन् ।
नेपाली सेनाको हेलिकप्टरमार्फत प्रधानमन्त्रीसहितको टोली हिल्सा प्रस्थान गरेको हो । हिल्साबाट फर्किएर प्रधानमन्त्रीले सिमकोटमा राजनीतिक भेटघाटसमेत गर्ने छन् ।
त्यसपछि मध्याह्न १२ बजे पर्यटन वर्षको उद्घाटन गर्न फेरि रारा फर्किने कार्यक्रम छ । उद्घाटन समारोहलाई प्रधानमन्त्रीले सम्बोधन समेत गर्नेछन् ।











प्रतिक्रिया