डीपीएल फाइनलः टिम चौराहद्धवारा काठमाडौंलाई १८२ रनको लक्ष्य प्रस्तुत

0
Shares

नेपाल समाचारपत्र, कैलाली ।
धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनलमा धनगढी दिम चौराहाले काठमाडौं गोल्डेन्सलाई १ सय ८२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको धनगढी टिम चौराहले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८१ रन बनायो । १० रन जोड्दा पहिलो विकेट गुमाएको टिम चौराहको पारी सुनिल धमला र रोहन मुस्तफाले दोस्रो विकेटका लागि १४२ रनको साझेदारी गरे ।

ओपनिङमा आएका ब्याटसम्यान सुनिल धमलाले ६३ बलमा ७८ रन बनाए । रोहन मुस्तफाले ४२ बलमा ४ चौका र ४ छक्काको मद्धतमा ६० रन बनाए । साथै सोमपाल कामीले ४ बलमा ८ रन जोडे भने सोनु तामाङ भाटीकै बलमा डक आउट भए ।