नेपाल समाचारपत्र, हेटौंडा ।
प्रदेश नम्बर ३ को मन्त्रिपरिषद् बैठक बिहीबार हेटौंडामा भएको हो । बैठकबाट ३ नम्बर प्रदेश सरकारले प्रतिनिधिसभा र राष्ट्रियसभापछि तेस्रो वरियतामा प्रदेशसभा सदस्यलाई राख्ने निर्णय गरेको छ । बैठकले प्रदेशसभा सदस्यको वरियता निर्धारण गरेको हो ।
सरकारको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलाई मुख्य प्राथमिकतामा राखिने सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बताउनुभयो ।
वैशाख १० गते संसद्मा हालका गतिविधिबारे मुख्यमन्त्री डोरमणि पौडेलले सम्बोधन गर्ने तथा प्रदेश प्रमुख अनुराधा कोइरालाले ११ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बताइएको छ । बैठकले प्रादेशिक दुग्ध विकास बोर्ड ऐन २०७४ विधेयक मस्यौदा स्वीकृत गरेको छ ।
बैठकले प्रदेशसभा सचिवको योग्यता, काम, कर्तव्य र अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७४ को मस्यौदा विधेयक, सवारीसाधन खरिद सम्बन्धमा मापदण्ड निर्धारण २०७४, प्रदेशको सञ्चित कोष कार्यविधि, आकस्मिक कोष २०७४ सम्बन्धि विधेयक मस्यौदा गर्न अवधारणापत्र, विनियोजित ऐन २०७४ सम्बन्धि विधेयक मस्यौदा तयार गर्न अवधारणापत्र स्वीकृत गरेको प्रदेश सरकारका प्रवक्ता मन्त्री ढुंगेलले बताउनुभयो ।











प्रतिक्रिया