पुनले गरे सिन्धु–ग्यालथुङ सुरुङको औपचारिक ब्रेक थ्रु

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।

मेलम्ची खानेपानी आयोजना अन्तर्गत सिन्धु– ग्याल्थुम शुरुङको ब्रेक थ्रु भएको छ । प्राविधिक रुपमा गत २७ गते नै ब्रेक थु्र भएको उक्त सुरुङको औपचारीक उद्धघाटन् मेलम्ची भ्याली स्थित मेलम्ची खानेपानीको क्याममा उद्घाट कार्यक्रम सम्पन्न भएको छ ।

७.५ किलोमिटर ल्म्बाई रहेको उक्त सुरुङको बिहिबार उपराष्ट्रपति नन्दकिशोर पुन, खानेपानी तथा सरसफाई मन्त्री विना मगर तथा कानुन मन्त्री शेरबहादुर तामाङले गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले मेलम्ची खानेपानी योजना राष्ट्रिय गौरवको आयोजना भएको बताउँदै यसमा सहयोग गर्नुहुने सबैलाई धन्यबाद पनि दिए ।

सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट काठमाडौंमा खानेपानी ल्याउने यस आयोजनाको २६ किलोमिटर सुरुङ ३ खण्डमा विभाजन गरेर सन् २०१० को जुन महिनादेखि खन्न थालिएको थियो ।

दशैंअघि नै काठमाडौंका वासिन्दाले मेलम्चीको पानी खुवाउने योजना सरकारले बनाएको छ ।