सरकारी ढुकुटीमा राज गर्ने पूर्व प्रधानन्यायाधीशको गाडी सर्वोच्च अदालतको नियन्त्रणमा

0
Shares

काठमाडौं । पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले प्रयोग गर्दै आएको सर्वोच्च अदालतको गाडी सर्वोच्च अदालतकै कर्मचारीले नियन्त्रणमा लिएका छन् ।

बिहिबार सर्वोच्च अदालत परिसरमा इन्धन र मर्मत खर्च लिन पुगेका श्रेष्ठका सवारीचालक जोगमन महतोबाट गाडी र चाबी नियन्त्रणमा लिएर मुख्य रजिष्टार राजनप्रसाद भट्टराईलाई बुझाइएको छ ।

पूर्व विशिष्टहरुले आफु खुशी सवारीसाधन, सवारीचालक, इन्धन र मर्मत खर्च लिएकोबारे रातोपाटीमा यसअघि समाचार प्रकाशित भएको थियो ।

सर्वोच्च अदालत आफैले कानून बनाएर मात्रै पूर्व विशिष्टहरुलाई सेवा सुविधा उपलब्ध गराउनु भनेपनि पूर्वप्रधानन्यायाधीशहरुले सर्वोच्च अदालतबाट विभिन्न सेवा र सुविधा लिइरहेका थिए ।