भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी अाज उपवास/अनसन बस्दै

0
Shares

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी अाज उपवास बस्दैछन् । विपक्ष सांसदहरूले संसदमा गरेकाे गतिराेधकाे बिराेधमा बिहिबार प्रधानमन्त्री माेदीकाे नेतृत्वमा सत्तारूढ भारतीय जनता पार्टीका सांसद तथा शिर्ष नेता लाेकतन्त्र बचाअाें एवं उपवास धर्ना कार्यक्रममा सहभागि हुन लागेकाे भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

प्रतिपक्षी कांग्रेसले संसदकाे बजेट सत्र अबराेध गरेकाे बिराेधमा सरकारले बिराेधकाे नयाँ शैली अपनाएकाे हाे । प्रधानमन्त्री माेदी सहित केन्द्र सरकारका सबै मन्त्री  र सांसद देशमा बिभिन्न सहरमा उपवासमा बस्ने समाचारमा जनाइएकाे छ ।

प्रधानमन्त्री माेदीले उपबासकै क्रममा चेन्नइमा डिफेंस एक्सपाेकाे उद्घाटन गर्नेछन् । त्यस्तै बीजेपीका अध्यक्ष अमित शाह कर्नाटककाे हुवलीमा उपबास बस्ने बताइएकाे छ । उपबास बस्नु पहिले प्रधानमन्त्री माेदीले सांसदहरूलार्इ अडियाे सन्देश दिएका छन् । पहिलाे पटक पुरै सरकार अनसन बसकाे हाे । उपबासकाे समय बिहान १० बजे देखि साँझ ५ बजेसम्म ताेकिएकाे छ ।

View image on Twitter

BJP

@BJP4India

विपक्ष द्वारा संसद में गतिरोध उत्पन्न कर देश की विकास यात्रा को बाधित करने के विरोध में प्रधानमंत्री श्री नरेन्द्र मोदी के नेतृत्व में भाजपा के सांसद देश भर में दिनांक 12 अप्रैल 2018 को प्रात: 10 से सायं 5 बजे तक ‘लोकतंत्र बचाओ उपवास एवं धरना’ कार्यक्रमों में भाग लेंगे।

बीजेपीले उपवास बस्नुकाे कारण लाेकतन्त्रकाे बचाउ भएकाे बताएकाे छ । तर खास उदेश्य भने शक्ती प्रदर्शन गर्नु रहेकाे भारतीय मिडियाहरूले उल्लेख गरका छन् ।

यता प्रतिपक्ष कांग्रेसले भने त्यसकाे चर्काे बिराेध गरेकाे छ ।

कुन तेता कहाँ बस्दैछन् उपवास

प्रधानमंत्री नरेंद्र मोदी – चेन्नइ

बीजेपी अध्यक्ष अमित शाह – कर्नाटककाे हुबली

गृह मंत्री राजनाथ सिंह – नयाँ दिल्ली

विदेश मंत्री सुषमा स्वराज – नयाँ दिल्ली

पेट्रोलियम मंत्री धर्मेंद्र प्रधान – नयाँ दिल्ली

रेल मंत्री पीयूष गोयल – नयाँ दिल्ली

विनय सह्रबुद्धे – नयाँ दिल्ली

केंद्रीय मंत्री सुरेश प्रभु, मेनका गांधी र सांसद मीनाक्षी लेखी – दिल्लीकाे हनुमान मंदिर.

कानून मंत्री रविशंकर प्रसाद – पटना

कांग्रेसले पनि राखेकाे थियाे  

केही समयअघि मात्र कांग्रेस अध्यक्ष राहुल गांधीकाे अगुवाइमा कांग्रेस पार्टीले पनि देशभर उपबास राखेकाे थियाे । माेदी सरकारले दलितहरूमाथि गरेकाे बिभेद र उनीहरूकाे अत्याचारकाे बिराेधमा कांग्रेसले उपबास राखेकाे थियाे । यस उपवासमा पनि चर्काे बिबाद भएकाे थियाे । दिल्लाेमा उपवास बसेका नेता छोले-भटूरे खाँदै गरेकाे तस्विर सार्वजनिक भएपछि बवाल मच्चिएकाे थियाे ।