नेपाल समाचारपत्र, काठमाडौं ।
पार्टी नेतृत्वको असक्षमताका कारण नेपाली काग्रेस अहिले इतिहासकै सबैभन्दा कमजोर अवस्थामा पुगेको भनि चर्को आलोचना भइरहेको बेला सभापति शेरवहादुर देउवा ढिलै भएपनि पदाधिकारी चयन गर्ने गृहकार्यमा जुटेका छन् । पदाधिकारी चयनको गृहकार्यमा जुटे संगै सभापति देउवालाई असन्तुष्टि जनाउने हरुले अप्ठेरोमा पार्न थालेका छन् ।
महाधिवेशन भएको दुईवर्ष सम्मपनि पार्टी संरचनालाई अपुर्ण बनाएको आरोप खेपिरहेका सभापति देउवाले विधान अनुसार सबै सांगठनिक संरचनालाई पुर्णता दिदै पार्टीभित्रको असन्तुष्टिलाई साम्य बनाउने गृहकार्यमा जुटेका हुन । लामो समयसम्म पदाधिकारी लगाएत पार्टीको सांगठनीक संरचनाले पुर्णता नपाउदा काग्रेसले हालै सम्पन्न निर्वाचनमा लज्जासपद हार व्यहोरेको मात्र हैन इतिहासमै सबैभन्दा कमजोर पार्टी बनेको भन्दै केहि केन्द्रिय सदस्यहरु भने महाधिवेशन गरि नेतृत्व परिवर्तन गर्नुपर्ने माग गरिरहेका छन् ।
पार्टी विधान अनुसार महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र मनोनित गरिसक्नुपर्ने पदाधिकारीमा एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री अझै मनोनित भएका छैनन् । केन्द्रिय विभागहरुको गठन प्रक्रिया पनि अघि बढेको छैन । पदाधिकारी मनोनित नहुदा केन्द्रीय निति तथा प्रशिक्षण प्रतिष्ठान समेत गठन हुन सकेको छैन ।
उपसभापतिको नेतृत्वमा रहने यो प्रतिष्ठान क्रियाशिल नहुदा पार्टीको आदर्श, सिद्धानत तथा नीतिवोध गराउन सकिएको छैन । केन्द्रिय सदस्यहरुको प्रमुखमा रहने संगठन विभाग, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग, संसदीय विभाग, महिला विभाग, प्रचार विभाग, विद्यार्थि विभाग, तरुण विभाग, लगाएत ४२ वटा विभाग हरु गठन नहुदा पार्टीले प्रभावकारी काम गर्न नसकेको भन्दै सभापति देउवाको चर्को आलोचना भैरहेको छ ।
विधानले व्यवस्था संरचनाले पुर्णता त पाएको छैन नै नया संविधान अनुसार पार्टीलाई संघीय संरचनामा लैजाने काम पनि केहि अघि बढेको छैन । काग्रेस नेता नरहरी आचार्य भन्नुहुन्छ– कांग्रेस पार्टी विधानले व्यवस्था गरेको संरचनालाई छिट्टो पूर्णता दिन अत्यन्तै जरुरी छ । पार्टी विधानले समय निर्धारण गरेर गर्ने भनिएका कामहरु पनि पूरा नभएको भन्दै उहाले वर्तमान संविधान अनुरुपको थप संघीय संरचनामा पार्टीलाई लैजान पर्ने र त्यसका निम्ति केन्द्रीय कार्यसमितिले कार्यतालिका निर्माण गरेर नै अघि बढ्नु पर्ने बताउनु हुन्छ ।
पदाधिकारी चयनको गृहकार्यमा जुटेका सभापति देउवालाई आन्तरीक विवादको कारण पदाधिकारी चयनमा समस्या परिरहेको बताइएको छ । उपसभापतिमा देउवा निकट विमलेन्द्र नीधि र गोपालमान श्रेष्ठले दाबी गरिरहेका छन् । निर्वाचन अघि फोरम लोकतान्त्रीक बाट काग्रेसमा समाहित भएका नेता विजयकुमार गच्छेदारले पनि उपसभापतिको दाबी गरिरहेका छन् । काग्रेस विधानमा महाधिवेशनबाट निर्वाचित सदस्यहरु मध्यबाट एकलाई उपसभापति मनोनित गरिने उल्लेख छ ।
१२औं महाधिवेशनबाट नेतृत्वमा आएका शुसील कोइरालाको कार्यकालमा देउवा पक्षले असहयोग गरि निकै अप्ठेरो बनाएका थिए । कोइरालाको पालमा देउवाले ९ महिना सम्म केन्द्रिय समिति बैठक नै वहिस्कार गर्नुभएको थियो । विभाग र अञ्चल कमिटिको जिम्मेवारी पाएका देउवापक्षका नेताहरुले राजिनामा दिएर कोइरालालाइृ असहयोग गरेका थिए । अहिले तुलनात्मक रुपमा देउवालाई सहज छ । केन्द्रिय बैठक बहिस्कार नगरि आफ्ना असन्तुष्टिहरु अर्को पक्षले बैठकमै राखेका छन् ।
सभापति देउवाले गच्चेदारलाई संसदीय दलको उपनेतामा मनोनित गरेपनि गच्चेदार सन्तुष्ट छैनन् । सभापति देउवाले निधिलाई उपसभापतिमा बनाउने सम्भावना बढी छ । उपसभापति बनाउने संकेतका साथ सभापति देउवाले यस अघि विदेश भ्रमण जादा निधिलाई कार्यवहाक सभापतिको जिम्मेवारी सुम्पिनु भएको थियो । तर गोपालमान श्रेष्ठले भने उपसभापति आफुलाई बनाउने भन्दै वचन दिएको दाबी गर्नुहुन्छ ।
महामन्त्रीमा पुर्णवहादुर खड्का, ज्ञानेन्द्र वहादुर कार्की लगाएको नाम चर्चामा रहेको छ । बालकृष्ण खाणले समेत महामन्त्री दाबी गरेको भन्दै संसदीय दलको प्रमुख सचेतक पदमा असन्तुष्टि राखेको बताइन्छ । खुमवहादुर खड्काको निधन पछि यो गुटको नेतृत्व गर्ने बारे पुर्णवहादुरको नाम आइरहेको र यो समुहले सभापति देउवालाई लगातार दुई महाधिवेशनमा सहयोग गरेकोले उहालाई नै महामन्त्री बनाउने सम्भावना रहेको देउवा निकट एक नेताले बताएका छन् ।
सह महामन्त्रीमा पौडेल गुटले पनि भाग खोजिरहेका छन् । डा. प्रकाशसरण महत, महेश आचार्य, मानवहादु विश्वकर्मा लगाएतले सहमहामन्त्रीको दाबी गरिरहेका छन् । सह महामन्त्रीमा महतको सम्भावना बढी छ । महामन्त्रीमा खड्का र कार्कीमा विवाद बढेर महतलाई मनोनित गरियो भने सहमहामन्त्रीमा विश्कर्माको सम्भावना देखिने काग्रेस नेताहरु बताउछन् ।
काग्रेस नेता डा. शेखर कोइराला भने सभापतिले २ महिनामा गर्ने काम २ वर्षसम्म पनि गर्न सक्नुभएको छैन भन्दै अब पदाधिकारीको मनोनयन र विभाग गठनको कुनै अर्थ नहुने बताउनु हुन्छ । सभापतिले पदाधिकारी चयन र विभाग गठन गरेपनि अब नमान्ने भन्दै उहाले संघीय र प्रादेशिक संरचना अनुसार पार्टीको विधान व्यापक संशोधन गर्नको लागि केन्द्रिय समिति बैठकले विधान संशोधन समिति गठन गर्नुपर्ने बताउनु हुनछन्छ । साथै उहाले तत्काल पार्टीको १४औं महाधिवेशन गर्न पनि माग गर्नुभएको छ ।
यस अघि १२औं महाधिवेशनबाट नेतृत्वमा आएका शुसील कोइरालाको कार्यकालमा देउवा पक्षले असहयोग गरि निकै अप्ठेरो बनाएको थियो । कोइरालाको पालमा देउवाले ९ महिना सम्म केन्द्रिय समिति बैठक नै वहिस्कार गर्नुभएको थियो । विभाग र अञ्चल कमिटिको जिम्मेवारी पाएका देउवापक्षका नेताहरुले राजिनामा दिएर कोइरालालाइृ असहयोग गरेका थिए । अहिले तुलनात्मक रुपमा देउवालाई सहज छ । केन्द्रिय बैठक बहिस्कार नगरि आफ्ना असन्तुष्टिहरु अर्को पक्षले बैठकमै राखेका छन् ।
निर्वाचनको विस्तृत समिक्षा गर्न चैत्र ९ गते देखि बसेको बैठक खुमवहादुर खड्काको निधन पछि स्थगित भएको थियो । काग्रेसको जारी केन्द्रिय समिति बैठक बैशाख ७ गतेदेखि पुनः बस्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनु भएको छ । उहाका अनुसार केन्द्रिय समिति बैठक १० गते भित्र सकिने छ । पदाधिकारी मनोनित तथा विभाग लगाएत पार्टी संरचनालाई पुर्णता दिनेकाम तत्काल नहुने प्रवक्ता शर्माले बताउनु भएको छ ।











प्रतिक्रिया