दीपक रिजाल, काठमाडौ । महानगरीय प्रहरी परिसर काठमाडौले ५० लाख भारतीय रुपिया सहित माओबादी पूर्व लडाकु सहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरीले ४९ लाख ३१ हजार ५ सय अबैध भारु सहित मोरङ कटहरी गाउँपालिका ३ नुलिदेव वैश्य र माओबादी पूर्व लडाकु समेत रहेका नुवाकोट शिवपुरी गाउँपालिका ५ का चेत बहादूर नेपालीलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
तस्विर – अनिल आङदेम्बे
उनिहरुबाट १ हजार दरका २२ सय ६ थान, ५ सय दरका ५४ सय ५१ थान भारतीय नोट फेला परेको छ । केपी ओली नेतृत्वको सरकारले पुराना भारुनोट साट्ने हल्ला चलिरहेको समयमा आधा धन्दा बढी मूल्य सस्तो तिरेर कारोबार गर्न उक्त नोट नेपाल ल्याइएको बताइएको छ ।
प्रतिक्रिया