काठमाडौँ । श्रृङ्खला खतिवडा यस वर्षको ‘मिस नेपाल २०१८’ बनेकी छन् । अन्तिम प्रतिस्पर्धामा उनले २४ जनालाई उछिन्दै मिस नेपालको ताज भिरेकी हुन् । श्रङ्खलालाई मिस नेपाल २०१७ की विजेता निकिता चण्डकले क्राउन पहिर्याएकी थिइन् ।
उपाधिसँगै श्रृङ्लाले ‘मिस वल्र्ड’मा प्रतिस्पर्धा गर्नेछिन् । इन्जिनरिङकी विद्यार्थी श्रृंखला बौद्धिक रुपमा निकै तेज छिन् । उनी सामाजिक काम र पर्यटनमा पनि उत्तिकै रुचि राख्छिन् ।
बुधबार अबेर सम्पन्न प्रतियोगितामा मनिता देवकोटा ‘मिस नेपाल यूनिभर्स’ भइन् । उनी ‘मिस यूनिभर्स’मा सहभागी हुनेछिन् । ‘मिस नेपाल अर्थ’ विजेता प्रिया सिग्देलले बनिन् । उनी नेपालको प्रतिनिधित्व गर्दै ‘मिस अर्थ’मा सहभागी हुनेछिन् । यस वर्षको ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि रोनाली अमात्यले हात पारेकी छन् । रोनाली ‘मिस इन्टरनेशनल’मा सहभागी हुनेछिन् । प्रतियोगिताको मुख्य निर्णायक गोविन्द गजुरेल थिए । प्रतियोगिता द हिडेन ट्रेजरले आयोजना गरेको हो ।
श्रृंखलाका नेकपा एमाले सांसद दम्पतीद्वय बिरोध खतिवडा र मुनु सिग्देलकी छोरी हुन् । राजनीतिक परिवारबाट आएकी श्रृंखलाका बाबु विरोध खतिवडा मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा चुनिएका एमालेका सासंद हुन् । त्यस्तै उनकी आमा मुनु नेकपा एमाले मकवानपुरको जिल्ला अध्यक्ष हुन्।
केही वर्षअघिसम्म मिस नेपाल सौन्दर्य प्रतियोगिताको कम्युनिस्टहरु निकै बिरोध जनाउने गर्थे। विरोध प्रदर्शनका कारण मिस नेपाल आयोजना स्थलबाहिरको सुरक्षाब्यवस्था कडा बनाउनु पर्ने अवस्था समेत सिर्जना हुने गरेको थियो । कम्युनिस्ट पार्टी निकट महिला संगठनहरूले यस्ता प्रतियोगिताको बिरोधमा चर्को आवाज उठाउने गरेका थिए ।
यसपटक सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा बिरोध र समर्थनमा थुप्रै स्टाटस पोष्ट भएका छन ।












प्रतिक्रिया