रोकिएको कांग्रेस बैठक बैशाख ७ देखि पुनः सुचारु

0
Shares

निर्वाचनको विस्तृत समिक्षा भैरहेको बैठक १० गते भित्र सम्पन्न गर्ने गृहकार्य भइरहेको प्रवक्ता विश्वप्रकाश शर्मााले बताउनु भएको छ ।

रामकृष्ण चापागाईं, काठमाडौं ।
नेपाली काग्रेसको स्थगित भएको केन्द्रिय समिति बैठक वैशाख ७ गते देखि पुनः सुचारु हुने भएको छ । निर्वाचनको विस्तृत समिक्षा गर्न चैत्र ९ गते देखि बसेको बैठक नेता खुमवहादुर खड्काको निधन भएपछि स्थगित भएको थियो ।

काग्रेस प्रवक्ता विश्वप्रकाश शर्मामाले नेपाल समाचारपत्रलाई जानकारी दिए अनुसार काग्रेस नेता खड्काको निधन पछि पाँच दिन २२ गते सम्म कार्यालय बनद गरिने निर्णय भएको र त्यस पछि शीर्ष नेताहरु विभिन्न कार्यक्रमको लागि जिल्ला जिल्ला गएकोले जारी बैठक सुचारु गर्न केहि दिन ढिलाई भएको हो ।

प्रवक्ता शर्माका अनुसार बैठक अब तीन दिनमा सक्ने योजना छ । ‘वैशाख ७ देखि बैठक सुचारु हुन्छ र दुई÷तिन दिन मै सकिन्छ’ उहाले भन्नुभयो– छिटै निष्कर्षमा पुगेर बैठक टुङ्गाउने गृहकार्य भैरहेको छ ।

यो वीचमा सभापतिले पदाधिकारी मनोनयन, विभाग गठन जस्ता कार्य गर्नु गर्छन की गर्दैनन भन्ने प्रश्नमा प्रवक्ता शर्माले केन्द्रिय बैठक अघि पदाधिकारी मनोनित नहुने बताउनु भएको छ ।