नेपाल समाचारपत्र, काठमाडौँ ।
शिक्षा, विज्ञान र प्रविधिमन्त्री मन्त्री गिरीराजमणि पोखरेलले आफ्नो सम्पती विवरण सार्वजनिक गरेका छन् । मंगलबार मन्त्री पोखरेलले प्रत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको सम्पती विवरणमा उनीसँग एभरेष्ट बैंक लिमिटेड पुल्चोक शाखामा शाखामा ३ लाग ६७ हजार नगद र नेपाल बंगलादेश बैँकमा रु १३ हजार १ सय रुपैँया नगद मौजदात रहेको देखाएका छन् ।
मन्त्री पोखरेलको सम्पती विवरणमा खोटाङको लामीडाँडा गाउँपालिका वडा नम्बर २ मा २३ रोपनी दुई आना जग्गा पनि रहेको उनले सार्वजनीक गरेका छन् । त्यस्तैगरी उनले खोटाङ स्थित रुपाकोट समुदायिक रेडिमा रहेको रु ५००० शेयर रकम पनि देखाएका छन् । यसैबीच उनले आफुसँग भएका गरगहना, ग्याजेट जस्ता प्राविधिक उपकरणहरुको विवरण भने सार्वजनिक गरेका छैनन् ।











प्रतिक्रिया