रमेश खरेलको राजीनामा प्रहरी प्रधान कार्यालयमा

0
Shares

काठमाडौं । सरकारले मंगलबार डिआइजी सर्वेन्द्र खनाललाई प्रहरी प्रमुखमा नियुक्ति गरेलगत्तै डिआइजी रमेश खरेलले राजीनामा दिएका छन् ।

आज प्रहरी प्रधान कार्यालय नक्सालमा खरेलले राजीनामा बुझाएको प्रहरी प्रवक्ता मनोज नेउपानेले बताए । आफूले लामो समयदेखि संगठनको लागि काम गरेको तर सरकारको निर्णयमा सन्तुष्ट नभएकाले राजीनामा दिएको खरेल बताएका छन् ।

खरेल २०४५ सालमा भलिबल खेलाडीको रूपमा नेपाल प्रहरीमा भर्ना भएका थिए । खरेल नवनियुक्त आइजी सर्वेन्द्र खनाल र डिआइजी पुष्कर कार्कीसँगै २०४६ साल माघ २९ गते सगै निरीक्षकको परीक्षा उत्तिर्ण गरी प्रहरी निरिक्षक भएका थिए ।