लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द पौडेल कुटिए

0
Shares

ओखलढुंगा । लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द पौडेलमाथि आक्रमण भएको छ । मंगलबार राति १० बजे अज्ञात समूहले अध्यक्ष पौडेललाई आक्रमण गरेको हो ।

गाउँपालिकाको केन्द्रमा सुतिरहेको बेला अपचित व्यक्तिले कोठाबाट बाहिर बोलाएर आफूलाई कुटपिट गरेको अध्यक्ष पौडेलले बताएका छन । ‘म निवासमै सुतिरहेको थिएँ, बाहिर निस्कनुस् अंकल जरुरी काम छ भनेपछि म कोही जनता दुःख पाएर आए भन्ने ठानेर बाहिर निस्किएँ’ अध्यक्ष पौडेलले भनेका छन ‘ढोकाबाट बाहिर निस्कनासाथ म माथि आक्रमण भयो,म अहिले घाइते अवस्थामा छु ।’

पौडेलका अनुसार उनलाई गाउँपालिकको वडा नम्बर ९ पोकलीबाट आएको बताउने ४ जनाको समूहले मुङ्ग्रोले हानेका हुन् ।