विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सनमा बम विस्फोट, व्यापक प्रहरी परिचालन

0
Shares

चितवन । राप्रपा नेता विक्रम पाण्डेको भरतपुरमा रहेको कालिका कन्स्ट्रक्सनमा बम विस्फोट भएको छ । भरतपुर महानगरपालिका २ क्षेत्रपुरमा कालिका कन्स्ट्रक्सनको ग्यारेजमा मंगलबार राती ८ः४५ बजे बिस्पोट भएको हो । कार्यालयको कम्पाउण्डमा भएको बम विस्फोटबाट झ्यालका सिसा फुटेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कसले विस्फोट गराएको हो भन्ने एकिन हुन सकेको छैन । एक साता अघि मात्रै विप्लव समुहले कालिका कन्सटक्सनको जेसिबिमा आगजनी गरेको थियो । घटनास्थलमा अहिले नेपाली सेनाको बम डिस्पोजल टोली र प्रहरी परिचालन गरिएको छ ।