नेपाल प्रहरीमा सर्बेन्द्र, सशस्त्रमा शैलेन्द्र आईजीपीमा नियुक्त

0
Shares

दीपक रिजाल
काठमाडौं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा नयां आईजीपी नियुक्त गरेको छ । मंगलबार सांझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेपाल प्रहरीमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बलमा शैलेन्द्र खनाललाई नियुक्त गरेको छ ।

आज बुधबारमध्यरातिबाट दुवै प्रहरी संगठनका प्रमुखले अनिर्वाय अवकास पाउने भएपछि सरकारले मंगलबार दोस्रो पटक बसेको बैठकले खनालद्धयलाई आईजीपी नियुक्ति गरेको हो ।


२०४६ साल चैत २९ गतेबाट नेपाल प्रहरीमा प्रवेश गर्नुभएका सर्बेन्द्र खनाल नेपाल प्रहरीभित्र केही गर्न सक्ने अधिकृतको रुपमा चिनिनुहुन्थ्यो । २०४६ सालमा प्रहरी निरीक्षकबाट प्रहरी सेवा प्रवेश गर्नुभएका सर्बेन्द्र खनालले नेपाल प्रहरीको २६ औ प्रहरी महानिरीक्षकको कमाण्ड सम्हाल्नुहुने भएको हो ।

मुलुकलाई अफ्ठेरो परेको बेलामा पनि उहांले बिभिन्न पदमा रहेर प्रहरीको कमाण्ड समाल्नु भएको थियो । नेपाल प्रहरी भित्र केही गर्न सक्ने अधिकृतको रुपमा चिनिनुभएका खनालले तराईमा फैलिएको भूमिगत गिरोहलाई ध्वस्त बनाउनुका साथै चर्चित डन कुमार घेटैको इन्काउन्टर गरेर उसको अपराधको राजलाई अन्त्य गर्नुभएको थियो । खनाल एसएसपीको रुपमा अपराध आएपछि मुलुकमा हुने बिभिन्न अपराधमा संलग्न अपराधीमाथि कारवाही अगाडि बढाउनुभएको थियो ।

एसएसपी रुपमा कार्यरत रहदा खनालले नेपाली फुटवलमा लामो समयदेखि भएको म्याचफिक्सिङमा संलग्न खेलाडी र खेल पदाधिकारीमाथि कारवाही गर्नुका साथै रोजगारीकालागि बिभिन्न मुलुकमा पुगेर बेचिएका तथा हिंसामा परेका ६ सय भन्दा बढी महिलाको उद्धार समेत गर्नुभएको थियो ।

एसएसपीकै रुपमा अन्चल प्रहरी कार्यालय नारायणीमा कार्यरत रहदा भूमिगरुपमा तराईमा आतंक मच्चाएको गिरोहलाई छिन्नभिन्न बनाउनुभएको थियो । काठमाडौ प्रहरी प्रमुख हुदा खनालले अराजअवस्थामा रहेको काठमाडौलाई सुरक्षित बनाउनु भएको थियो । तनहुंमा जन्मनु भएका खनालले अवको २४ महिना नेपाल प्रहरीको कमाण्ड सम्हाल्नुहुने भएको छ ।

खनालसंगै आईजीपीको रेसमा रहेका रमेश खरेल र पुष्कर कार्कीले समेत संगठनको नेतृत्व लिन ठुलो प्रयत्न गर्नु भएको थियो ।

त्यस्तै सशस्त्र प्रहरी बलको १० औं महानिरीक्षकमा नियुक्त हुनुभएका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल २०४९ सालमा प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो । प्रहरी निरीक्षकबाट सेवा प्रवेश गर्नु भएका खनालले २०५८ सालमा सेवा परिर्वतन गरी सशस्त्र प्रहरी बलमा स्थानान्तरण हुनु भएको थियो ।

सशस्त्र प्रहरी बलमा अब्बल अधिकृतको रुपमा परिचित खनालले संगठनको गण, बाहिनी र बिभागको नेतृत्व गरिसक्नु भएको छ । उहां एआईजीमा एक्लै बढुवा हुनु भएको थियो । आईजीपीका लागि ११ महिनापछि एआईजीमा बढुवा भएका पुष्पराम केसीले नेताको घरघर धाउनु भएको थियो।

प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै राम्रा राम्रा काम गरेर प्रसंसा बटुल्नु भएका केपी ओलीले नेपाल प्रहरी र सशस्त्र प्रहरीको नयां नेतृत्व चयन गर्दा बिवाद रहित ढंगले गर्नुभएको छ । आईजीपी नियुक्त गर्ने बिषयमा मौन रहदै आउनु भएका प्रधानमन्त्रीले दुवै संगठनमा काविल अधिकृतलाई नियुक्त गर्नु भएको छ ।