तेल पेल्ने परम्परागत ‘कोल’ लोप हुँदै



विमल विष्ट, डोटी ।
डोटी लगायत समग्र ७ प्रदेशका पहाडी जिल्लामा परमपरागत तेल पेल्ने कोल लोप हुन थालेको छ । यातायातको विकाससंगै बजारको पहुँच गाँउहरुसम्म पुग्न थालेपछि कुनै बेला यहाँका स्थानीयको तेल पेल्ने मुख्य माध्ययमको रुपमा रहेका परम्परागत प्रविधिमा आधारित काठका कोलहरु एक पछि अर्काे गर्दै लोप हुन थालेका छन् ।

बजारमा पाइने विभिन्न किसिमका प्याकिङ गरिरहेका खाने तेल गांउहरुमा सजिलै पाइन थाले पछि यहांका स्थानियहरुले कोललाई वेवास्ता गर्दै आएको केआईसिंह गाउपालिकाका स्थानियबासी शिबराम कामीले बताउनु भयो ।

उहाँले भन्नु भयो ‘भनेको बेलामा जहाँ पनि तेल पाउन थालेको छ,दिनभरीको मेहनेत लागयर को ले कोल पेल्नु अब तेलका लागि ।’

कोलहरु लोप हुदै गएको प्रति भने यहाँका बुढापाकाहरु चिन्तीत हुन थालेका छन् । डोटी लगायत समग्र ७ प्रदेशमा पहिला बिषेश गरी तोरी खेती गरिन्थ्यो अहिले तोरी खेतीमा पनि स्थानिय किसानहरुको चासो दिनहुँ घट्न थालेको जोरायल गाउपालिका ५ का स्थानिय लिलाधर विष्टले बताउनु भयो ।

उहाँले भन्नु भयो ‘कुनै बेला आधा जमिनमा तोरी लगाउने हाम्रो ठाउमा पछिल्लो समय किल बिस्थापित भएपछि र तेल सहजै पाउन थालेपछि किसान त्यो लगाउन छोडेका हुन् ।’ बजारमा तथा बिद्युत भएका ठाउहरुमा तेल पेल्नु आधुनिक मेसिन अर्थात मिल हरु आएपछि यहाँका परमपरागत कोलहरु बिस्थापित भएको कतिपयको बुझाई रहेको छ ।

बिगतको समयमा डोटी जिल्लामा मात्रै सयौंको संख्यामा रहेका यस्ता कोलहरु अहिले अधिकासं लोप भई सकेका छन् । दुर्गम गांउमा रहेका एक दुई वटा कोल पनि विस्तारै लोप हुँदै तथा हराउँदै जाने क्रममा रहेको सायल गाउपालिकाका स्थानियबासी तथा माओबादी केन्द्रका नेता तेजबहादुर डुम्रेलले बताउनु भयो ।

उहाँले भन्नु भयो ‘कोलमा तेल पेल्नका लागि बढी जनशक्ती र शारिरिक श्रम बढी लाग्ने र बजारमा सजिलै तेल किन्न पाइने भएपछि कोलसंगै तेलहन बालीको खेतीसमेत हराउँदै गएको हो ।’

प्रतिक्रिया दिनुहोस्