होस्टलका बारेमा छलफल

0
Shares

काठमाडौं,(नेस)
महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका होस्टलभित्रका गतिविधि सुरक्षाका कोणबाट नियमन गर्नुपर्ने अवस्था आएको छ। राजधानीमा आयोजना गरिएको होस्टल व्यवस्थापनमा सुरक्षा चुनौती विषयक अन्तरक्रियामा काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले होस्टल सञ्चालकहरू विद्यार्थीका लागि जिम्मेवार अभिभावक बन्न सकेका छन् कि छैनन् प्रश्न यहाँबाट उठाउनुपर्ने र दर्ता गराउने, करको दायरामा आउनेलगायतका सवालमा सुधार गर्नुपर्ने बताउनुभएको छ।

महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी विश्वराम पोख्रेलले सानातिना गल्तीले गम्भीर दुर्घटना हुने भएकाले होस्टलका कोठामा हुने गतिविधि, व्यक्तिगत स्वतन्त्रतालाई सम्मान गर्दै पारदर्शी बनाउनुपर्ने बताउनुभयो।
नेपाल होस्टल एशोसिएसनका अनुसार काठमाडौं उपत्यकाभित्र करिब ६ सय होस्टल छन्। यीमध्ये करिब ५ सय एशोसिएसनका सदस्य छन्।

यसरी सञ्चालनमा आएका होस्टलको न्यूनतम मापदण्ड के हुनुपर्ने हो ?
महानगरीय प्रहरी वृत्त अनामनगरका प्रमुख प्रहरी नायव उपरीक्षक अपिलराज बोहोराले वृत्तमा दैनिकजसो होस्टलसँग सम्बन्धित कुनै न कुनै समस्या आइरहेको दाबी गर्दै नयाँ समाज निर्माणको सम्भावना हुँदाहुँदै यसभित्रका विकृतिले सुरक्षा चुनौती बढाएको बताउनुभयो।
एशोसिएनका काठमाडौं जिल्ला अध्यक्ष रूपाली पौडेल भने, दर्ता गर्ने विषयमा आफूमा अन्यौलता रहेको बताउनुहुन्छ। ‘हामी होस्टल चलाउँछौं। यसलाई कहाँ दर्ता गर्ने हो हामीमा अन्यौलता छ, हाम्रो व्यवसाय क्षेत्र महानगर हो, त्यसैले यसको व्यवस्थापनमा महानगरले बाटो देखाइदिनुपर्यो’ –उहाँले भन्नुभयो।