वसन्तपुरमा निःशुल्क स्वास्थ्य परीक्षण

0
Shares

काठमाडौं, (नेस) विश्व स्वास्थ्य दिवसको अवसरमा वेलनेस हेल्थ प्याथोलोजी र काठमाडौं सक्रिय युवा समूहले संयुक्तरूपमा वसन्तपुरस्थित शिव पार्वती डबलीमा आयोजना गरेको निःशुुल्क स्वास्थ्य शिविर कार्यक्रममा ७२ जनाले स्वास्थ्य परीक्षण गराएका छन्। स्वास्थ्य परीक्षणमा वरिष्ठ मुटु रोग विशेषज्ञ डा. विनयकुमार रौनियार र वरिष्ठ जनरल फिजिसियन डा. परमेश्वर चन्द्रसेनका साथ थप ५ जना स्वास्थ्यकर्मी सहभागी भएका थिए। शनिबार वसन्तपुरस्थित शिव पार्वती डबलीमा आयोजना गरिएको एक दिने निःशुल्क स्वास्थ्य परीक्षण तथा सहुलियत दरमा विभिन्न रगत पनि परीक्षण गरिएको थियो।

स्वास्थ्य परीक्षणमा वृद्धवृद्धाको बाक्लो उपस्थिति रहेको थियोे। उक्त कार्यक्रममा पूर्वसभासद राज्यलक्ष्मी श्रेष्ठ, कामपाका विभिन्न वडाका बासिन्दाका साथ जनप्रतिनिधिहरूसमेतको उपस्थित रहेको थियो। हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका पूर्वप्रमुख नरेन्द्र विलास वज्राचार्य, कामपा वडा नं २४ का सचिव रवीन्द्रलाल श्रेष्ठ र स्थानीय समाजसेवी तथा विभिन्न संघसंस्थाका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको क्लबका अध्यक्ष विजयराज खड्गीले नेपाल समाचापत्रलाई जानकारी गराउनुभयो।