काठमाडौं । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीको आरोप प्रत्यारोपले चरम रुप लिएको छ ।
मेयर महर्जनले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पन्थीलाई नगरपालिकामा आर्थिक चलखेल गरेको आरोप लगाउँदै कार्यालय प्रवेशमा रोक लगाएपछि त्यहाँ बबन्डर भएको छ । मेयरले पन्थीलाई हाजिर गर्न नदिएपछि पन्थी कार्यालय प्रवेश गर्न पाएका छैनन ।
अधिकृत पन्थीलाई नगरपालिकामा प्रवेश रोक लगाएपछि विदामा बसेको नेपाल समाचारपत्रसँग कुरा गर्दै उनले बताएका छन ।
टिकाभैरव नल्लुखोला वडा नम्बर ६ मा संचालित अबैध ढुंगाखानी तथा क्रसर उद्योग र वडा नम्बर ८ डुकुछापमा रहेको अबैध बालुवाखानीसँग सेटिङ मिलाएको र जग्गा खण्डीकरण गर्नेहरुसँग मिलेर मोटो रकम असुलेकोे आरोप मेयर गजेन्द्र महर्जनले लगाएका छन ।
कार्यसम्पादनप्रति जनताको गुनासो आएका कारण केही समय विदा दिएको मेयरले नेपाल समाचारपत्रलाई बताएका हुन । उता टेकराज पन्थीले मेयरले उद्योगीसँग मिलेर आर्थिक चलखेल गर्न नपाएकोले आफूमाथि प्रशासनिक हस्तक्षेप गरेको आरोप लगाएका छन ।











प्रतिक्रिया