काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाको चर्को आलोचना गर्नु भएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता सिंहले पार्टीमा विद्यमान चुनौतिलाई चिरेर अघि बढ्न आवश्यक नीति तथा कार्यक्रम तत्काल तय गर्न पनि सभापति देउवालाई दबाब दिनुभयो । पार्टी निकट नेपाल वित्तीय संस्था कर्मचारी संघको ८ औं राष्ट्रिय महाधिवेशनलाई शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै उहाँले पार्टीलाई संस्थागत ढंगले अघि बढाउन नसकेकै कारण पार्टी सामू चुनौति थपिदैं गएको पनि दाबी गर्नुभयो ।
उहाँले जनताको अपेक्षा भन्दा पनि व्यक्तिको पछि लाग्ने प्रवृत्तिका कारण पार्टी कमजोर बन्दै गएको पनि बताउनु भयो । काँग्रेस नेता सिंहले जनताको समृद्धिको चाहनालाई पूरा गर्न वित्तीय क्षेत्र अनुशासित हुनुपर्ने धारणा पनि राख्नुभयो ।











प्रतिक्रिया