एसएसपी लोहनीलाई प्रधान कार्यालय तानियो

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनी एक अपराधमा संलग्न रहेको अभियोगमा प्रहरी प्रधान कार्यालयद्वारा छानविनका लागि प्रधान कार्यालय तानिएका छन्।नेपाल भित्रिएको ३३ किलो सुन गायब भएपछि त्यसमा संलग्न भएको अभियोगमा एसएसपी लोहनी प्रधान कार्यालय तानिएका हुन्।
३३ किलो सुन गायब भएको, सुनका भरिया सनम शाक्यको हत्या भएको र उक्त हत्यामा महाशाखाका प्रहरीको संलग्नता देखिएपछि गृहमन्त्रालयले छानविन समितिसमेत गठन गरेको थियो।

एसएसपी लोहनीको समेत सुन गायब बनाउनेमा हात रहेको आशंका मन्त्रालयले गरेको छ। सुनका भरिया शाक्यको हत्यामा समेत प्रहरीको संलग्नता रहेको आशंका छानविन समितिले गरेको छ। महाशाखा आएदेखि नै खासै काम गर्न नसकेका एसएसपी लोहनीले घुमुवामार्फत अवैध कामलाई समेत प्रश्रय दिएको आरोप लाग्दै आएको छ। लोहनीलाई प्रधान कार्यालय तानेपछि नयाँ एसएसपी पठाउने तयारी गरिएको बताइएको छ।