प्रधानमन्त्रीको भ्रमण तालिका सार्वजनिक (सूची)

0
Shares

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीको ३ दिने भारत भ्रमणको कार्यक्रम सार्वजनिक भएको छ । उनी शुक्रबार भारत प्रस्थान गरी आइतबार फर्कनेछन् ।

यी हुन् भ्रमणका कार्यतालिकाः

  • चैत २३ -बिहान ९ः ०० बजे त्रिभुवन विमानस्थलबाट दिल्लीका लागि उड्ने ।
  • इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल झरेपछि सिधै राष्ट्रपति भवन पुग्ने ।
  • केहीबेरको आरामपछि भारतीय उद्योगी व्यवसायीसँग अन्तरक्रिया हुने । नेपालमा लगानीको ओलीले इन्डिया फाउन्डेसन तथा भारतीय उद्योग वाणिज्य महासंघ (फिक्की)द्वारा आयोजित बेग्लाबेग्लै कार्यक्रमलाई सम्बोधन गर्ने ।
  • कार्यक्रमपछि दिवाभोजमा सहभागी हुने ।
  • भारतीय राजनीतिक दलका नेताहरूले राष्ट्रपति भवनमै प्रधानमन्त्री ओलीलाई भेट्ने । भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी, भाजपाका शीर्ष नेता, भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीका महासचिव सीताराम यचुरी, पूर्वसांसद डीपी त्रिपाठी र अन्य साना दलका नेताले भेट्ने ।
  • साँझ बाह्रखम्बारोडस्थित नेपाली दूतावासमा नेपाली समुदायसँग भेटवार्ता गर्ने ।
  • नेपाली दूतावासले प्रधानमन्त्रीको सम्मानमा एक होटलमा आयोजना गर्ने रात्रीभोजमा सहभागी हुने । रात्रीभोजमा दिल्लीस्थित कूटनीतिक र राजनीतिक समुदाय पनि सहभागी हुनेछन् । दूतावासले भारतका प्रधानमन्त्रीदेखि राजनीतिक दलका शीर्ष नेता, पूर्वमन्त्री, नेपालका लागि पूर्वराजदूतलगायतलाई पनि निमन्त्रणा गरेको छ ।
  • २४ चैत-बिहानै राष्ट्रपति भवनमा समकक्षी नरेन्द्र मोदीले प्रधानमन्त्रीलाई स्वागत गर्ने र केहीबेर वर्ता हुने ।
  • भारतीय सेनाले उच्च सैनिक गार्ड आफ् अनर दिने ।
  • भारतका राष्ट्रपति रामनाथ कोविन्द तथा उपराष्ट्रमन्त्री बैंकया नायडुसँग शिष्टाचार भेट हुने ।
  • त्यसपछि प्रधानमन्त्री ओली राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल सहभागी हुने। राजघाटमा महात्मा गान्धीको समाधीस्थलमा द्विप प्रज्ज्वलन गर्ने ।
  • हैदरावाद हाउसमा सुरूमा ओली र मोदीबीच वन टु वन वार्ता हुने । लगत्तै प्रतिनिधि मण्डलका सदस्यसहितको उपस्थितिमा छलफल ।
  • छलफलपछि दुई देशबीच हुने सम्झौता तथा पत्रआदनप्रदान सम्बन्धी कार्यक्रम हुने ।
  • संयुक्त पत्रकार सम्मेलन गरेर सम्झौताबारे जानकारी दिने । ओली र मोदीले सम्बोधन गर्ने ।
  • हैदरावाद हाउसमै दिवाभोजमा सहभागी हुने ।
  • साँझ विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह र वित्तमन्त्री अरुण जेट्लीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने ।
  • २५ चैत -ओली हेलिकोप्टरमा दिल्लीबाट उत्तराखण्डको पन्तनगरस्थित गोविन्द बल्लभ पन्त कृषि विश्वविद्यालयको भ्रमणमा जाने ।
  • साँझ दिल्लीबाट स्वदेश फर्किने ।