वरिष्ठ कम्युनिष्ट नेता कमलराज रेग्मीको निधन

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।

बरिष्ठ कम्युनिष्ट नेता कमलराज रेग्मीको निधन भएको छ । नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको केही समयपछि नै कम्युनिष्ट पार्टीमा आवद्ध भएका रेग्मी होनहार नेता मानिन्थे ।

२०१७ सालमा राजा महेन्द्रले बहुदलीय व्यवस्थामाथि प्रतिबन्ध लगएको पहिलो दिनमै पक्राउ परेका नेता रेग्मी लामो समयसम्म पञ्चायत विरुद्ध संघर्ष गरेपनि टिक्न सकेनन् र पञ्चायत प्रवेश गरेका थिए । तर, पछि आत्मालोचना गर्दै पुनः कम्युनिष्ट पार्टीमा फर्कने ईच्छा व्यक्त गरेका थिए ।

नेपालको कम्युनिष्ट आन्दोलनका भिष्मपितामह भनेर चिनिने नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहलाई २०१० सालमा रेग्मीले नै सदस्यता दिएका थिए । त्यसको करिब ६ दशकपछि उनै मोहनविक्रमसँग कम्युनिष्ट पार्टी प्रवेशका लागि रेग्मीले दरखास्त दिएका थिए ।