काठमाडौं । भारतको एउटा अदालतले बलिउडका चर्चित अभिनेता सलमान खानलाई सन् १९९८ मा दुर्लभ जनावरको सिकार गरेको सम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ।
खानले दुईवटा काला हरिणलाई एउटा चलचित्रको छायाङ्कनका क्रममा पश्चिम राज्य राजस्थानमा मारेका थिए।
उक्त अभियोग लागेका अन्य चार कालाकारहरुलाई भने जोधपुरस्थित अदालतले निर्दोष साबित गरेको छ। सन् १९९८ को यो अभियोगमा अभिनेता सैफ अली खान, तब्बु, सोनाली बेंद्रे र निलम पनि दोषी थिए । उनीहरूले सफाई पाएका हुन।
खानले अब १ देखि ६ वर्षसम्म जेल सजायको सामना गर्नुपर्ने हुनसक्छ।
तर अहिलेको फैसलाविरुद्ध उनले पुनरावेदन गर्न सक्छन्।











प्रतिक्रिया