बाम एकीकरण वैशाख ९ गते घोषण हुने पक्का, विवादका विषयमा के भयो निर्णय ?

0
Shares

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकीकरणको औपचारिक घोषणा ९ वैशाखमा हुने पक्का पक्की भएको छ ।

बालुवाटारमा विहीबार बसेको पार्टी एकीकरण संयोजन समितिको बैठकले मितिको औपचारिक टुंगो लगाएको हो ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको सरकारी निवासमा बसेको संयोजन समितिको बैठकले अन्य विवाद रहेका र सहमति हुन बाँकी सैद्धान्तिक विषयमा प्रधानमन्त्रीको भारत भ्रमण सकेपछि टुंगो लगाइने निर्णय भएको सदस्य माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन ।

पार्टीको निर्देशक सिद्धान्तसहित जनयुद्ध मान्ने नमान्ने, चुनाव चिन्ह कस्तो र भागवन्डाको तल्लो तहसम्मको विषयमा अझै सहमति हुन नसकेको बुझिएको छ ।