वडाध्यक्षसहित ३४ जना कांग्रेस परित्याग गरी एमालेमा प्रवेश

0
Shares

इलाम । कांग्रेसको सदस्यता परित्याग गर्दै ३४ जना एमालेमा प्रवेश गरेका छन् ।

इलामको माङ्गसेबुङ्ग गाउँपालिका वडा नम्बर- ६ बाट निर्वा्चित नेपाली कांग्रेसका वडाध्यक्ष प्रदीपसाङ्पाङ्ग राईसहित ३४ जनाको टोली बिहीबार एमालेमा प्रवेश गर्नुभएको हो ।

बिहिबार एमालेले आयोजना गरेको एक कार्यक्रममा कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका नेकपा एमाले जिल्ला कमिटी कार्यालय इलामले जनाएको छ ।