काठमाडौं । नेकपा (एमाले) र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक बैठक बिहान ९ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ ।
विवादित विषयमा लगभग सहमति जुटिसकेकाले पार्टी घोषणा समिति बनाउन लागिएको हो । कार्यदलले मिलाउन नसकेका विषयमा सहमति गर्न एकता संयोजन समितिको बैठक आज डाकिएको हो ।
एकीकृत पार्टीको बिषयमा ‘धेरै विषय लगभग मिलिसकेको भए पनि चुनाव चिह्न के हुने र विधानको प्रस्तावनामा ‘जनयुद्ध’ शब्द राख्ने की नराख्ने भन्ने विषयमा कुरा मिलेका छैनन् सोही बिषयमा आजको छलफल केन्द्रीत हुने एमाले एक नेताले जनकारी दिए ।
एमाले र माओवादीका नेताहरुले बैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको दिन पार्टी एकता घोषणा गर्ने तयारी रहेको बताएका छन ।











प्रतिक्रिया