प्रकाश पन्त, बीरेन्द्रगगर ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका कार्यवाहक स्ववियू सभापति पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका विद्यार्थीले कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्रीको गाडीमा तोडफोड गरेका छन ।
काँग्रेस निकट नेपाल विद्यार्थी संघ सम्बद्ध विद्यार्थीले आज बुधवार विहान मन्त्री खत्रीको बा २ झ १५६६ नम्बरको गाडी तोडफोड गरेका हुन । तोडफोडबाट गाडीको अगाडि भागको सीसा फुटेको छ ।

गाडीमा मन्त्री खत्री नभएर सांसद् धर्म रेग्मी सवार भएको वताएको छ । उहँ सुरक्षित भएको प्रहरीले जनाएको छ ।
मध्यपश्चिमाञ्चलका विद्यार्थीले इन्जिनियररिङ संकायसँग सम्बन्धित विभिन्न मागहरु राखेर आन्दोलन गरिरहेका छन ।











प्रतिक्रिया