पूर्व राष्ट्रपति मुद्धाको फैसला अदालतबाटै प्रत्यक्ष प्रशारण गरिने

0
Shares

सोल  ।  दक्षिण कोरियाली पूर्व राष्ट्रपति पार्क गेउन हाइ विरुद्धको भ्रष्टाचारसम्बन्धी मुद्धाको फैसला अदालतबाटै प्रत्यक्ष प्रशारण गरिने भएको जानकारी एक अदालतले दिएको छ ।

दक्षिण कोरियाको राजधानी सोलस्थित एक अदालतले सो जानकारी दिएको हो । उनलाई निकै लामो समयसम्म जेल सजाय दिनसक्ने अनुमान गरिएको छ ।

उनलाई दिइने उक्त जेल सजायको बारेमा यहाँको रष्ट्रिय टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिने तयारी भएको अदालतको भनाई छ ।

पूर्व राष्ट्रपति हाई हाल थुनामै रहेकी छन् । उनी माथिको कारबाहीको जानकारी उनले नै प्रत्यक्ष हेर्न र सुन्न पाउनेगरी यस्तो प्रशारण गर्ने व्यवस्था गरिएको जानकारी अदालत दिएको छ ।

उनलाई भ्रष्टाचारको आरोपमा थुनामा राखेर अनुसन्धान गरिएको छ । सन् २०१७ को मार्च महिनामा उनलाई नियन्त्रणमा लिइएको थियो । अहिले पनि उनी हिरासतमा छन् ।

उनले गरेको भनिएको भ्रष्टाचारमा उनलाई कम्तीमा पनि ३० वर्षको जेल सजायको माग यसअघि नै यहाँका सरकारी वकिलहरुद्धारा गरिएको छ ।

यहाँका सरकारी वकिलले पूर्व राष्ट्रपति हाइले गरेको भ्रष्टाचार र शक्तिको दुरुपयोगको विषयमा गरिएको लामो समयको अनुसन्धानपछि उनलाई ३० वर्षको जेल सजाय हुनुपर्ने माग गरेका हुन् ।

पार्क ६६ वर्षकी छिन् । उनी दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति थिइन् । उनिमाथि आफू राष्ट्रपति रहँदा शक्तिको दुरुपयोग गरेको आरोपमा मुद्धा चलिरहेको छ ।

सो मुद्धामा गएको करिब एक वर्षदेखि सुनुवाई जारी रहेको छ । गत वर्षको मार्च महिनामा उनीमाथि भ्रष्टाचारको आरोपमा मुद्धा दायर गरिएको थियो ।

भ्रष्टाचारको संलग्नता रहेको यहाँको प्रारम्भिक अदालतले प्रमाणित गरेपछि उनलाई संसदमा महाभियोग लगाएर बर्खास्त गरिएको थियो ।

दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति उनी यसरी महाअभियोग लगाएर निकालिएको पनि यस देशको पहिलो राष्ट्रपति नै हुन् ।

शुक्रबार उनको मुद्धाको फैसला हुने अनुमान गरिएको छ । यस टेलिभिजन प्रशारणका विषयमा अदालतले अनुमति दिने भएको छ ।

शुक्रबार अपरान्ह गरिने सो फैसलाको पूर्णपाठ अदालतबाटै प्रत्यक्ष रुपमा सुनाइने छ । यस्तो प्रशारणको प्रचलन दक्षिण कोरियामा पहिलो पटक हुन लागेको हो ।