काठमाडौ । प्रधानमन्त्रीको भारत भ्रमणसहित विभिन्न बिषयमा निर्णय गर्न मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।
प्रधानममन्त्री के.पी ओली चैत २३ देखि ३ दिनको लागि भारत भ्रमणमा जाँदै हुनुहुन्छ । बैठकमा भ्रमणको एजेण्डासहित अन्य विभिन्न बिषयमा छलफल र निर्णय हुन सक्ने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री ओलीले संघीय संसद्अन्तर्गत दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा र अपराह्न ४ बजे बस्ने राष्ट्रिय सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्रीको सम्बोधनसँगै राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी अध्यादेश र चिकित्सा शिक्षा अध्यादेशसमेत स्विकृतिका लागि संसद्मा पेस गर्ने कार्यसूची छ। सरकारले संसद्मा अन्य विधेयक दर्ता नगराएकाले प्रधानमन्त्रीको सम्बोधनलगत्तै आजै संघीय संसद्को पहिलो अधिवेशन अन्त्य हुने सम्भावना रहेको सचिवालय स्रोतले जनाएको छ ।











प्रतिक्रिया