निगमले काठमाडौं–सुर्खेत उडान गर्दै

0
Shares

काठमाडौं, (नेस)
नेपाल वायुसेवा निगमले काठमाडौं–सुर्खेत उडान गर्ने भएको छ। दुर्गम भेगमा सेवा पुर्याउने लक्ष्यका साथ निगमले सुर्खेतमा उडान गर्न लागेको हो।

प्रत्येक हप्ताको आइतबार १ उडान गर्ने गरी निगमले काठमाडौं सुर्खेत उडान गर्ने तयारी गर्दै छ हामीले ‘टेस्ट फलाइट’ भोलि अर्थात बुधबार गर्दैछ। निगमका आन्तरिक टिकट विभागका मेनेजर सञ्जयविक्रम पन्तले बताउनुभयो।

निगमले चीनबाट ल्याएको वाई–१२ विमानबाट उडान गर्ने योजना बनाएको छ।१७ जना यात्रु क्षमताको विमानबाट उडान गर्ने पन्तले जानकारी दिनुभयो। साथै सो क्षेत्रमा बुद्धले पनि उडान गर्नेछ। यदी यात्रुको संख्यामा वृद्धि भएमा थप उडान गर्ने बुद्धको योजना रहेको निगमको भनाइ रहेको छ। ८ रुपियाँ हजारको हाराहारीमा यात्रुले सेवा सुविधा तिर्नुपर्ने हुन्छ। साथै बाग्लुङको बलेवा विमानस्थल सञ्चालनका लागि पूर्वाधार तयार गर्न थालिएको छ।

विगत साढे दुई दशकदेखि बन्द रहेको बागलुङको बलेवा विमानस्थलमा पनि निगमले उडान गर्ने छ। नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगम र तारा एयरबीच हप्तामा एक उडान गर्ने सहमति भएको थियो। विमान कम्पनी र बागलुङ नगरपालिकाबीच गत महिना विमानस्थल सञ्चालनमा ल्याउने सहमति भएको थियो। यदी १२ जनाभन्दा कम यात्रु भएको खण्डमा बागलुङ नगरपालिकाले सो बराबरको रकम भुक्तानी गर्ने सर्तमा निगम र तारा एयरले उडान शुरू गरेका हुन्।

नेपाल वायुसेवा निगमको डिएचसी–६ टुवीनेटर ले उडान भर्ने पन्तले बताउनु भएको छ। तारा एयरले टेस्टिङ फ्लाई गरी सकेको छ। निगमले भने ६ हजार २ सय रुपियाँमा काठमाडौं–बलेवा उडान गर्न सकिने निगमले बताएको छ। निगमले आन्तरिकमा २१ गन्तव्यमा उडान गर्दै आएकोमा अव भने यो संख्या २३ पुगेको पन्तको भनाइ छ। निगमले पाइलट अभावमा तोकिएको स्थानमा उडान गर्न नसकिएको बताएको छ। नयाँ आन्तरिक गन्तव्यमा भने निगमले भरतपुर, जनकपुरमा उडानको आन्तरिक तयारी थालिएको निगमका आन्तरिक विभागका मेनेजर पे्रम बज्रचार्यले बताउनुभयो।