गृहमन्त्रीद्धारा ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले ८२ बुँदे गृह प्रशासन सुधार कार्य योजना सार्वजनिक गरेका छन् । मन्त्रालयमै सुरक्षा निकायका प्रमुखहरुसहित कार्यक्रमको आयोजना गरी थापाले कार्ययोजना सार्वजनिक गरेका हुन् ।

गृहमन्त्रीले सार्वजनिक गरेको कार्ययोजनामा मुख्यगरी राष्ट्रिय एकताको संरक्षण, अपराध नियन्त्रण, भ्रष्टाचार, कालोबजारी नियन्त्रण र जनलाई क्विक सर्भिस डेलिभरी गर्न रहेका छन् ।

जारी कार्ययोजनामा हरेक स्थानीय तहमा एउटा सुरक्षा पोष्ट स्थापना गर्ने, निजामति र प्रहरीतर्फको जनशक्ति व्यवस्थापन तथा सेवा प्रभावकारी बनाउने, सुरक्षा निकायलाई सूचना प्रविधिमैत्री बनाउने, विपद् व्यवस्थापनका लागि छुट्टै प्राधिकरण स्थापना गर्न पहल गर्ने र सुशासन प्रबर्द्धन गर्ने लगायतका कार्यहरु समावेश छन् ।