त्रिभुवन विमानस्थलबाट २ किलाे सुन समातियाे

0
Shares

काठमाडौं । प्रहरी र भन्सार कार्यालयले २ किलाे सुनसहित एक जना भारतीय नागरिकलार्इ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेकाे छ ।  कम्मरमा बाध्ने पेटीभित्र लुकाएर सुन तस्करी गर्न खोज्ने दुबईबाट आएका भारतीय नागरिक मोहम्मद हरिफलाई सोमबार बिहान पक्राउ गरेको हो।

हरिफले धुलो बनाएर पेटीभित्र सुन लुकाएका थिए । उनीमाथि अनुसन्धान भइरहेको विमानस्थल भन्सार कार्यालयका प्रमुख नारायण सापकोटाले जानकारी  दिए । पासपोर्ट नम्बर पी १२७९९३५ नम्बर भएका हरिफ भारतको केरलाका स्थायी नागरिक हुन्।