खड्काको निधनप्रति शोक प्रस्ताव पारित

0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री खुमबहादुर खड्काको निधनप्रति शोक प्रस्ताव पारित गर्दै प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।

उपचारको क्रममा भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा मृत्यु भएका नेता खड्काप्रति शोक प्रकट गर्दै भोलि दिउँसो १ बजेका लागि बैठक स्थगित भएको हो ।

भोलिको बैठकमा प्रधानन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने सम्भावना रहेको संसदीय सचिवालयले जनाएको छ ।