संसद् बैठक बस्दै, खड्काको निधनमा शोक प्रस्ताव पारित गर्ने तयारी



नेपाल समाचारपत्र, काठमाडौँ ।
प्रतिनिधिसभा र राष्ट्रियसभाका दुवै सदनको बैठक सोमबार बस्दैछ । पूर्वगृहमन्त्रीसमेत रहेका कांग्रेस नेता खुमबहादुर खड्काको निधनप्रति शोक प्रस्ताव पारित गर्न दुवै सदनको बैठक बस्न लागेको बुझिएको छ ।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र लगतै राष्ट्रियसभाको बैठक बस्ने तयारी गरिएको संसद् सचिवालयले जनाएको छ ।

दाङबाट तीनपटक प्रतिनिधिसभामा निर्वाचित खड्काको गत शुक्रबार भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । हिजो उनको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्