यस्तो छ खुम बहादुर खड्काको अन्तिम सँस्कारको तालिका



काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय  सदस्य शंकर भण्डारीले दिएको जानकारी अनुसार, राष्ट्रबादी, प्रजातन्त्रबादी, क्रान्तिकारी र कुसल संगठनकर्ता खुमबहादुर खड्काको पार्थिव शरीर आज चैत १७ गते साँझ भारतको नयाँ दिल्लीबाट काठमाण्डौमा अवतरण गराई उनको पार्थिव शरीरको अन्तिम श्रध्दाञ्जलीका लागि उनकै निजी निवास सानेपामा राख्ने छ।

भोलि विहान अर्थात चैत्र १८ गते विहान ८ बजे देखि करीव २ बजेसम्म नेपाली कांग्रेसको  केन्द्रीय कार्यलाय सानेपामा उनको पार्थिव शरीरको अन्तिम श्रध्दाञ्जलीका लागि राखिने छ । त्यसपछि  उनको अन्तिम विदाईका लागि पशुपति परिसरमा लगिने कार्यक्रम रहेको  भण्डारीले बताएका छन्।

काँग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी भन्छन्   ”राष्ट्रबादी, प्रजातन्त्रबादी, क्रान्तिकारी र कुसल संगठनकर्ता खुमबहादुर खड्काको देहावसानले वर्तमान नेपालको राजनीतिका साथै नेपाली काँग्रेसले सहासी र भरपर्दो नेता मात्र नभएर विचार प्रबाहको मूल आधार पनि गुमाएको छ |

‘युगद्रष्टा वीपी कोइरालाका साथ २०३३ सालमा प्रवासबाट फर्किएपछिको राष्ट्रबादीहरुको राजनीतिको दियो यिनले नै बालिरहेका थिए।  त्यो आजबाट निभेको छ ।’  ‘यिनी साँच्चिकै बहादुर थिए त्यसैले धेरै मोर्चाबाट धोका पाए तर कार्यकर्ता र जनताबाट सदैब सम्मान पाए ।  खुमबहादुर दाई, वीपीले भने झै यो देशको भबिस्य छ भने त्यो विचार मर्दैन’ भण्डारीले अठोट गरे।

प्रतिक्रिया दिनुहोस्