कांग्रेस नेता खड्काको पार्थिव शरीरलाई नेपाल ल्याईंदै, पशुपति आर्यघाटमा आइतबार अन्तिम संस्कार



काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्काको पार्थिव शरीरलाई नेपाल ल्याउने तयारी भइरहेको छ ।
खड्काको शव अपरान्ह ३ बजे ल्याईने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । शवलाई नेपाल ल्याईसके पश्चात कांग्रेस पार्टी कार्यालय सानेपामा राखिने बताइएको छ ।  उहाँको अन्तिम संस्कार आइतबार पशुपति आर्यघाटमा गरिने छ ।

मिर्गौला, नशा र छातीको संक्रमणबाट पीडित खड्काको ६७ वर्षकाे उमेरमा उपचारका क्रममा भारतको नयाँ पदल्लीस्थित एपोलो अस्पतालमा शुक्रबार निधन भएको हो ।

उहाँको पार्थिव शरीर नेपाल ल्याइएपछि पार्टीले श्रद्धाञ्जलिका लागि काँग्रेस केन्द्रीय कार्यालयमा राख्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो। कांग्रेसका प्रभावशाली नेता खड्का संस्थापक बिपी कोइरालाका भरपर्दा युवकका रुपमा रहनु भएको थियो ।

विसं २०३३ पुस १६ गते बिपी राष्ट्रिय मेलमिलापको नीति लिएर निर्वासनबाट स्वदेश फर्कँदा खड्का उहाँसँगै हुनुहुन्थ्यो। निर्वासनबाट बिपीसँग गणेशमान सिंह, शैलजा आचार्य, नीलाम्बर पन्थी, रामबाबु प्रसार्इं र युवा नेता खड्का आउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्