प्रधानमन्त्रीको भारत भ्रमण तय

0
Shares

काठमाडौं, (नेस),
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणले औपचारिकता पाएको छ। प्रधानमन्त्री ओलीको भारत भ्रमणको टुंगो लागेको दुवै देशका परराष्ट्र मन्त्रालयले जनाएका छन्।

तीनदिने भारत भ्रमणका लागि प्रधानमन्त्री ओली यही चैत २३ गते अपरा≈न भारत प्रस्थान गर्नुहुने भएको छ। नेपाल वायु सेवा निगमको विशेष विमानबाट प्रधानमन्त्री ओली भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नुहुने भएको छ।

प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुहुने अनुमान गरिएको छ। अघिल्लोपटक प्रधानमन्त्री हुँदा भारत भ्रमणका क्रममा अपमानित भएर फर्कनुभएका प्रधानमन्त्री ओलीलाई यसपटक भारतीय समकक्षी मोदी स्वागत गर्न विमानस्थल जाने भारतीय सञ्चारमाध्यमले त्यहाँको विदेश मन्त्रालयको स्रोतलाई उद्धृत गर्दै जनाएको छ।

प्रधानमन्त्री ओली २३ गते भारत गएर २५ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले समकक्षी मोदीसँग औपचारिक भेट गरी दुई देशबीच महवपूर्ण सम्झौता गर्नुहुने बताइएको छ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति रामनाथ कोविन्द, भारतीय उद्योगपतिलगायतका व्यक्तिसँग भेट गर्ने कार्यक्रम रहेको छ।