‘व्यापारीकै संरक्षणमा कालोबजारी’



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले व्यापारीहरुकै संरक्षणमा मुलुकमा कालोबजारी हुने गरेको खुलासा गर्नु भएको छ ।

मन्त्री यादवले कालो बजारी नियन्त्रणका लागि व्यापारीहरुले सरकारलाई सहयोग नगरेको दावी पनि गर्नुभयो । शुक्रबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँगको सामूहिक भेटमा कालो बजारी हुन नदिन व्यापारीहरुले अभियान नै चलाउनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो । मन्त्री यादवले कालो बजारी नियन्त्रणका लागि साथ दिन पनि व्यापारीहरुलाई आग्रह गर्नुभयो । त्यस अवसरमा उहाँले व्यापारीहरु सरकारमैत्री नभएको गुनासो पनि गर्नुभयो ।

मन्त्री यादवले सरकारले बजार अनुगमनको कामलाई व्यवस्थित बनाउन उद्योगी, व्यापारीसँग विस्तृत छलफल गर्ने योजना बनाएको पनि जानकारी दिनु भयो । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि बजार अनुगमनको कामलाई व्यवस्थित बनाउन उद्योगी, व्यापारीहरुसँग विस्तृत छलफल गर्ने मन्त्री यादवको योजना छ । मन्त्री यादवले सरकार कालो बजारी हुन नदिन प्रतिवद्ध रहेको पनि बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्