‘सन ब्राइटनेस’ घट्दै, पृथ्वीमा कस्तो प्रभाव पर्ला ?

0
Shares

बेलायत । पृथ्वीमा जीवन रहनुमा सूर्य जिम्मेवार छ । सूर्यले नै अन्तरिक्षमा मौसमी घटनाहरु हुने गर्दछ र पृथ्वीको सतहमा यसका असरहरु देखिन्छन् । तर वर्तमान सन्दर्भमा विश्वव्यापी रुपमा तातिरहेको पृथ्वीको कारण भने सूर्य नभएको विज्ञहरुले बताएका छन् ।

वैज्ञानिकहरुले केही दशकयता सूर्यको गतिविधिको सूक्ष्म अध्ययन गरिरहेका छन् । अध्ययनका क्रममा उनीहरुले सूर्यको कान्ति (ब्राइटनेस) पछिल्लो ३०-४० वर्षदेखि नबढेको पाए । बरु यो केही कम भने भएको पाइएको छ ।

म्याक्स प्लान्क सोसाइटीले प्रकाशन गरेको एउटा आर्टिकलअनुसार जब सूर्यले पृथ्वीको हावापानीमा प्रभाव पार्न सक्छ भने पृथ्वीको सतहमा तापमान बढाउन यसका केही निश्चित विकीरणका रेखाहरु नै पर्याप्त हुन्छन् । मुख्यतया यसले देखिने प्रकाश समावेश गर्छ भने थप रुपमा सूर्यले विद्युतीय प्रकाशपुञ्ज उत्पादन गर्छ ।

जब सूर्य उच्च म्याग्नेटिक गतिविधिको अवस्थामा हुन्छ यसले धेरै उग्र विकीरण उत्पादन गर्छ । र तिनीहरुलाई ट्र्याक गरेर अनुसन्धाताहरुले पृथ्वीको जलवायु परिवर्तनमा सूर्यको प्रभावबारे पत्ता लगाउन सक्षम हुन्छन् । जब सौर्य गतिविधि हराउँछ, पृथ्वीमा कम तापक्रमका अवस्थाहरु आउँछन्

‘ग्लोबल वार्मिङ सूर्यको कारण होइन’

यस्तो अवस्था सन् १६४५—१७१५ को ‘लिटल आइस एज’मा देखिएको थियो । उदाहरणका लागि यो अवस्थामा जाडोयाममा पृथ्वीका धेरैजसो भूभागहरु अत्यन्त चीसो भएको थियो । अध्ययनका क्रममा म्याक्स प्लान्कको टोलीले सौर्यसतहका अवलोकनजन्य तथ्यांकहरुको रेकर्ड प्रयोग गर्नुका साथै सौर्य गतिविधिका बेला रुखमा कार्बन १४ को तहहरुको पनि अध्ययन गरेर परिवर्तित अवस्थाको विश्लेषण गरेको थियो ।

यसले के पत्ता लाग्यो भने पछिल्लो केही दशकयता पृथ्वीको तापक्रम वृद्धि भएको तर सूर्यको कान्ति (ब्राइटनेस) भने नबढेको पाइयो । बरु, पछिल्ला ३०—४० वर्षमा सौर्य प्रकाशमा केही कम हुँदै गएको छ । उक्त सोसाइटीको आर्टिकलले अध्ययनको विश्लेषणअनुसार निष्कर्षमा भन्नुपर्दा ग्लोबल वार्मिङ अर्थात् पृथ्वीमा तापक्रम वृद्धिमा सूर्यको योगदान छैन भन्ने नै हो । यदि सूर्य वा अन्य कुनै प्राकृतिक स्रोतको प्रभावलाई मान्ने हो भने विगत केही दशकयता तापक्रम पनि नबढ्नुपर्ने हो ।

पृथ्वीको तापक्रम वृद्धिमा मानव नै जिम्मेवार !

जलवायुसम्बन्धी तथ्यांकमा केवल मानवजन्य प्रदूषणलाई वा अन्य मानवजन्य कार्यहरुलाई लिने गरिएको छ । तर अवलोकनजन्य र मापक तथ्यांकसँग पनि सहमत हुनुपर्ने हुन्छ । विज्ञहरुको विश्लेषणअनुसार त यो नयाँ तथ्यचाहिँ सूर्यकै कारण विगत केही दशकयताको जलवायु परिवर्तन भएको भन्ने सोचविरुद्ध रहेको छ ।

सन् २०१९-०२० मा ‘सोलार मिनिमम’ : नासा

अन्तरिक्ष अनुसन्धानसम्बन्धी अमेरिकी संस्था नासाले आगामी २०१९ र २०२० मा सूर्य ‘सोलार मिनिमम’मा जाने खुलासा गरेको छ । नासाका अनुसार यस्तो परिवर्तनले सबै कुरा रोक्छ भन्ने नै चाहिँ होइन । बरु, यसले फरक खाले घटना(परिवर्तन)हरु हुनचाहिँ सक्छ । नीलो आकाशमा वर्षौँ वर्षदेखि चम्किराखेको सूर्य हामीलाई सधैँ उस्तै लाग्छ । यसमा कुनै परिवर्तन भएको हामी पाउँदैनौँ तर वैज्ञानिकहरुका अनुसार सूर्य पनि परिवर्तनशील छ । एकदमै उच्च प्रविधिको टेलिस्कोपबाट यसको तथ्य पत्ता लागेको हो । सोलार मिनिमम पनि यसकै उदाहरण हो ।

टेलिस्कोपबाट लिइएको तस्बिरमा सूर्यको फरक फरक स्वरुप देखिएपछि यस्तो तथ्य पत्ता लागेको हो । सूर्यमा विभिन्न कोरोनल होलहरु रहेका हुन्छन् । म्याग्नेटिक सनस्पट(अँध्यारा विन्दु)हरु हरेक ११ वर्षमा हराउने र आउने गर्दछन् । यसरी सनस्पट हराउँदा सोलार मिनिमम र आउँदा सोलार म्याक्सिमम भन्ने गरिन्छ । सोलार मिनिमम हुँदा पृथ्वीमा तापक्रम घट्ने परिस्थ्तिि विगतमा देखिएको थियो । सन् १६४५—१७१५ मा सनस्पटहरु एकदमै टाढा भएका थिए । त्यतिबेला अवलोकनकर्ताहरुले यसको अध्ययन गरेका थिए । त्यसलाई माउन्डर मिनिमम भनिएको थियो । यसले लण्डनको  थेम्स नदी पूरै जम्न पुगेको थियो ।

 डेली मेलबाट भावानुवाद