सुनको मूल्य: तोलामा पाँच सय बढ्यो

0
Shares

काठमाडौं । सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँ बढेको छ ।

आज सुन तोलाको ५७ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बुधबार तोलाको ५७ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन तोलामा ५ सय रुपैयाँ बढेको हो ।

यस्तै चाँदी पनि तोलामा १० रुपैयाँ बढेर तोलाको ७ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।