क्यामिलालाई रानीको उपाधि दिने चाल्र्सको चाहना

0
Shares

लन्डन (एजेन्सी)
बेलायतका युवराजले आफू राजा बनेपछि पत्नी क्यामिला पार्कर बोल्सलाई ‘रानी’का उपाधि दिने मनसायले चाल चलिरहेको एक समाचारमा उल्लेख गरिएको छ।

द डेली बिस्टका अनुसार प्रिन्स अफ वेल्सको वेबसाइटबाट हटाइसकेको उनको एफएकक्यु पेजको एक भागमा उक्त कुराको उल्लेख गरिएको बताइएको छ। चाल्र्सकी आमा महारानी एलिजावेथ द्वितीयाको निधन र त्यसपछि उनको गद्दी आरोहणपछि ‘एआरएच द प्रिन्सेस कन्सोर्ट’ उपाधि पाएकी उनकी पत्नी रानी क्यामिला बन्ने उल्लेख गरेको छ।

हालै जारी गरिएको एक विज्ञप्तिमा उक्त कदमले क्यामिलालाई रानी भन्न अनुमति दिने चाल्र्सको मनसाय रहेको संकेत गरेको कुरालाई दरबारले अस्वीकार गरेको छ।

‘हाम्रो फ्रिक्वेन्टली आस्क्ड क्वेस्सन नियमति अद्यावधिन हुन्छ’, विज्ञप्तिमा भनिएको छ– ‘यो एउटा त्यस्तो प्रश्न हो, जुन क्लेरेन्स हाउसलाई कुनै पनि बेला सार्वजनिक रूपमा सोधिएको छैन, किनभने यसमा त्यसको सुविधान नै छैन।’

सन् २००५ मा चाल्र्स र क्यामिलाको विवाह हुँदा उनी अप्रत्यासित उपाधिले सम्बोधित हुने घोषणा गरिएको थियो। चाल्र्सले आफूहरूको मिलनमा आफ्नी आमाको आशीर्वाद प्राप्त गर्न मात्र त्यसमा सहमति दिएको समाचारहरूले संकेत गरेको थियो। महारानीले क्यामिलालाई ‘रानी’ सम्बोधन गर्ने विषयलाई लिएर लामो समय विपक्षमा बसेकी थिइन्।
चाल्र्ससँग क्यामिलाको विवाहको समय दिवंगत युवराज्ञी डायनालाई लिएर उनीहरूबीचको प्रेमका कारण क्यामिलाको प्रतिष्ठा विवादास्पद बनेको थियो।

सहमति र त्यतिबेला क्यामिलाप्रति बेलायती जनताको धारणा जस्तो भए पनि युवराज चाल्र्सले उनी राजाका रूपमा शक्तिमा आएपछि क्यामिलालाई रानीको उपाधिबाट विभूषित गर्ने योजनामा रहेको बताइएको छ।